News Portal

  • युरिन ब्याग उपलब्ध नहुने अस्पतालले बिरामीको के-के उपचार गर्न सक्ला ?

    हरि बानियाँ
    १२२९ पटक
    वैशाख ६, २०७७ शनिबार

    धादिङ – जिल्लाको गंगा जमुना गाउँपालिका वडा नम्बर ५ का स्थानीय मिन बहादुर बानियाँ पिसाब राेकिएपछि वैशाख २ गते बिहानै वडामै रहेको गंगाजमुना ग्रामीण अस्पताल पुगे।

    पिसाब फेर्न समस्या भएकोले उक्त अस्पतालमा उपचार हुन नसक्ने भएपछि उनलाई काठमाडौँ गएर उपचार गराउन सोही अस्पतालका डाक्टरले सल्लाह दिए।

    उक्त ग्रामीण अस्पतालमा एक जना एमबिबिएस डाक्टरसहित १४ जना कर्मचारी कार्यरत छन। उक्त अस्पतालमा युरिन ब्याग उपलब्ध थिएन। उनले प्लास्टिकको झोलामा पिसाब गर्दै काठमाडौं पुगेपछि मात्रै युरिन ब्याग फेरे।

    युरिन ब्याग उपलब्ध गराउन नसक्ने अस्पतालले बिरामीको के-के उपचार गर्न सक्ला त ? अस्पतालमा एउटा युरिन ब्यागसमेत उपलब्ध गराउन नसक्नु आम सर्वसाधारणका लागि दु:खद मात्रै नभई व्यवस्थापन पक्षको गम्भीर कमजोरी हाे।

    गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीलाई हामीले फोन गरेर सम्पर्क गरेका थियौं उहाँले भन्नुभयो, “वडापत्र हेरेर अस्पताल आउनुहोस्” भन्नुभयाे। सबै जनताले सेवा लिनको लागि वडापत्र हेर्न सम्भव छैन। यस्तो गैरजिम्मेवार जवाफ दिन हैन उत्कृष्ट सेवा दिन तर्फ लागौ।

    कोही पनि व्यक्ति म अब विरामी हुन्छु भनेर बिरामी हुँदैन। यस्तो अबस्थामा नत गाउँपलिकाको ध्यान गएको छ त नत अस्पताल श्रोतको। तत्काल समस्याको समाधान गर्नतर्फ लाग्नुपर्नेमा त्यो भएको देखिँदैन।

    राज्यका सम्पूर्ण नागरिकहरुले उपचार गराउन भन्ने उदेश्यले सरकारले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको छ। नेपाल सरकारले दिएको सेवासुबिधा सर्वसाधारणलाई दिलाउनपर्ने स्थानीय सरकारको दायित्व पनि हो। तर स्थानीय सरकारले आफ्नो दायित्व के हो ? जनताको सेवक हु भन्ने हेक्का राखोस यो हामी सबैको चाहाना हो।

    गाउँपालिका र अस्पतालको सहकार्यमा जनताको सहजताको लागि अस्पतालभित्रै सर्वसुलभको औषधी पसल संचालन गरेको भएपनि बिरामीहरुलाई केही हदसम्म सुबिधा हुने थियोे कि ?

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...

    प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

    काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको...

    एनसेलको निःशुल्क सेवा अवधि थप

    काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि...