News Portal

  • “म सञ्चै छु”

    ✍️ गौतम सागर राई
    ४९६ पटक
    बैशाख ९ गत्ते २०७७

    कविता “म सञ्चै छु”

    आज भोली सबैले

    सोध्छन सन्चो बिसन्चो

    बरु सडकहरु खाली छन्

    बजार हरुमा भिडभाड छैन

    किनमेल हुँदैन खुशी

    क्रेता र बिग्रेताहरुको

    भाउ नमिले जस्तो

    मोलमोलाई हुँदैन सामानहरुको

    सयौ बर्ष देखी

    दुस्मनी भए जस्तो

    एक अर्कामा

    आत्मियता छैन कोही संग

    बरु मान्छेबाट मान्छे

    डराउन थालेका छन

    त्यसैले म पनि सन्चैछु ।

     

     

    बन्द कोठा भित्रबाट

    कती लेखौ, कती पढौ

    मृत्यु, अभाब, निराशाका

    समाचारहरु ….

    मानौ, यस्तो लाग्छ

    मृत्यु कुरेर भोली बिहानको

    उज्यालोमा खुशिको

    समाचार लेख्न पाउँ

    हिजोको जस्तै

    आफ्न्त बनुन मान्छेहरु

    त्यही मान्छेहरु भित्र

    बगिरहने भावनाको

    नदी बनेर, कविता लेख्न सकौ

    अनी सुनाउन पाउँ

    लय हालेर मान्छेहरुलाई

    त्यसैले म पनि सन्चैछु                           

    कवि: गौतम सागर राई, हाल कोलोराडो, अमेरिका 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    भोजपुरको धोदलेखानीमा पारिवारिक झगडाले लिए चार ज्यान : हत्यापछि आफैं प्रहरीलाई खबर

    भोजपुर, असार २२  — भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति पारिवारिक विवादले भयावह रूप...

    नयाँ गीत ‘बसमा सरर’ सार्वजनिक [भिडियोसहित]

    काठमाडौं — नेपाली संगीतप्रेमीहरूका लागि एक नयाँ लोकशैलीको गीत ‘बसमा सरर’ सार्वजनिक भएको छ। गीतमा...

    देशका विभिन्न प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    काठमाडौं, असार २२  — देशभर सक्रिय मनसुनी प्रभावका कारण आज पनि देशका धेरै भागमा पानी...

    आज २०८२ साल असार २२ गतेको राशिफल

    आज असार २२, २०८२ (जुलाई ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...