News Portal

भुवनसिंह विश्वकर्माको संयोजकत्वमा सामाजिक कल्याण कोष स्थापना गरी राहत वितरण

हिमाली संचार संवाददाता
१६७६ पटक
बैशाख ४ गते २०७७

बाग्लुङ्ग –बाग्लुङ्ग नगरपालिका वाड नं. १४ नारायणस्थान सुनार टोल समाज सेवाका लागि भूवनसिंह विश्वकर्माको संयोजकत्वमा सामाजिक कल्याण कोष स्थापना गरी राहत वितरण गरेको छ। कल्याण कोषले विश्व नै कोरोना भाईरसको महामारीमा गुज्रिरहेको अवस्थामा जनमानसमा एककिसिमको त्रास, चिन्ता, निरुत्साहित समाजमा रहेको अबस्थामा गरिब, वित्पन्न परिवारलाई राहत वितरण गरेको हो।

अर्न्टाकटिका महादेशमा पुग्ने पहिलो नेपाली तथा राष्ट्रको उच्च सम्मान प्रसिद्ध प्रवल गोरखा दक्षिण वाहुद्वारा विभूषित कोषका प्रमुख सल्लाहकार भुवनसिंह बिश्वकर्माको संयोजकत्वमा कल्याण कोष स्थापना गरी उक्त गाउदेखि देश, बिदेशमा रहेका गोत्रिय-गोतामे दाजुभाईहरुलाई समन्वयन गरेर कोषमा आर्थिक संकलन गर्दै कोषमा आबद्ध सम्पूर्ण सदस्यहरुको निर्णय बमोजिम यस ‘कोभिड-१९’ को महामारीबाट आफ्नै टोल छिमेक र समाजमा पर्न गएको अप्ठ्यारामा दैनिक उपभोग्य खाध सामाग्री कोषका प्रमुख सल्लाहकार एवम् संयोजकको निर्देशनमा स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष चक्रबहादुर खत्रीलाई जानकारी गरी समाजका जेष्ठ नागरिकहरुको बिशेष उपस्थितिमा वित्पन्न १५ धर परिवारलाई खाधन्न सामाग्री वितरण गरेको हो। आवश्यकता अनुसार पुन: सहयोग गर्ने कोषका सहसंयोजक सुरेश सिंह सुनारले हिमाली संचारलाई बताए। समाजमा रहेका विभिन्न समस्याहरुको समाधान उक्त कोष मार्फत गर्ने उद्देश्य रहेको पनि जानकारी दिएका छन्। 

धार्मिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायत विविध क्षेत्रहरूमा सानो तथा संकुचित मात्रामा भए पनि टेवा पुगोस भन्ने उदेश्य लिएका कोषले “एकता नै बल हो” भन्ने नारा सहित कोषले अभियान चलाएको हो। कोषले आर्थिक मजबुद बनाउनका लागि प्रत्येक सदस्यलाई रु.५ हजार अनिवार्य गरेको छ । कोषले स्वेच्छिक तरिकाले बृहत् आर्थिक संकलन गर्नका लागि ७ जना विशेष सहयोगी दाता तोकेर सहयोग संकलन गरेको छ। 

कोषका संयोजक भुवनसिंह बिश्वकर्मा रु. १० हजार, भूतपूर्व ब्रिटिश आर्मी चन्द्र बहादुर सुनार रु. ५० हजार,  ब्रिटिश आर्मी कृष्ण सुनार रु. ३० हजार हाल बेलायत, सुरेशसिंह सुनार रु. १५ हजार हाल मकाउ, लालबहादुर सुनार रु.२० हजार, ‘विसान’ दिनेश सुनार रु. ८ हजार हाल भारत, चन्द्रबहादुर सुनार रु.५ हजार ५ सय ५५ साथै कोषमा अनिवार्य रु ५ हजार सहयोग गर्ने सहयोगी दाताहरुको नामावली: रमेश सुनार, शिबबहादुर सुनार, करणबहादुर सुनार, हरीबहादुर सुनार, गणेशबहादुर सुनार, बाबुराम सुनार, मेघनाथ सुनार, गंगा बहादुर सुनार, दिपक सुनार, भक्तबहादुर सुनार, गणेश सुनार, लक्ष्मीदेवी सुनार, प्रेमबहादुर सुनार, विजय सुनार रहेका छन्। 

कल्याणकारी कोष कार्यक्रमको अवधारणा सह-संयोजक सुरेश सिंह सुनारले ल्याएको भए पनि सदस्य भक्तबहादुर सुनार, गणेश सुनार, चुर्णबहादुर सुनार लगायतको महत्वपूर्ण भूमिका रहेको पनि कोषले जनाएको छ। त्यस्तै, अन्य सदस्य तथा परिवारहरु छुटेका भए कोषमा आबद्ध हुन आग्रह समेत गरेका छन्। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...