News Portal

त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश निषेध

हिमाली संचार संवाददाता
६७२ पटक

काठमाडौं – त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन विमानस्थल प्रशासनले आग्रह गरेको छ ।

बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयेगी मात्र भित्र लिएर जान सक्नेछन् ।

विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०-१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ । निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सिधै फर्किनुपर्नेछ।विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ ।

होटल, ट्राभल लगायतका गाडीलाई पनि ५ देखि १० मिनेटभित्र यात्रु लिएर विमानस्थलबाट गइसक्नुपर्ने नियम बनाइएको छ । (अनलाइनखबर)

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...