News Portal

  • जनप्रतिनिधिलाई राजपाको निर्देशन : कुनै बाहनामा पनि कर नबढाऊ

    ६७६ पटक

    श्रवण देव
    सप्तरी – राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई कुनै पनि बाहनामा कर नबढाउन निर्देशन दिएको छ ।

    पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा सोमबार सुरु भएको स्थानीय तहका प्रमुखहरुसँगको छलफलमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित शीर्ष नेताहरुले जनतालाई समस्या हुने गरी कुनै किसिमको कर निर्धारण नगर्न निर्देशन दिएका हुन् ।

    राजविराज नगरपालिकाका मेयर शम्भु यादवका अनुसार पार्टीले नयाँ कर नथप्ने र पुरानै करलाई ग्राहयता दिन निर्देशन दिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले अहिलेसम्म कुनै किसिमको कर वृद्वि नगरेको बताएका छन् । उनीहरुले जनतालाई अहित हुने किसिमको कुनै निर्णय नगर्न आफूहरु सचेत रहेको बताए ।

    छलफलको पहिलो दिन सोमबार स्थानीय तहको करकै बिषयमा छलफल भएको महासचिव मनिष सुमनले जानकारी दिए । बैठकमा प्रदेश २ मा राजपाको तर्फबाट निर्वाचित भएका स्थानीय तहका सबै प्रमुख र उपप्रमुखलाई बोलाइएको छ ।

    शहीद परिवारलाई रोजगारी दिन निर्देशन

    बैठकमा पार्टीका शीर्ष तहका नेताहरुले शहीदका परिवारका एक जनालाई अनिवार्य रोजगारी दिनसमेत निर्देशन दिएको छ । ‘आ-आफ्ना स्थानीय तहमा शहीद परिवार भए उनीहरुलाई अनिवार्य रुपमा रोजगारी दिने निर्णय बैठकमा भएको छ’ राजविराज नगरपालिकाका मेयर यादवले भने, ‘मेयर, उपमेयर र वडा अध्यक्षको मासिक तलवबाट पार्टीलाई लेबी बुझाउने निर्णय पनि गरिएको छ ।’

    यस्तै समझदारी र समन्वय गरेर स्थानीय तह सञ्चालन गर्ने, बाढीको सम्भावित क्षतितर्फ ध्यान दिने र जनताको भावना अनुसार नीति र कार्यक्रम बनाउने विषयमा पनि छलफल भएको छ ।

    यस्तै संविधान संशोधन गराउनेतर्फ भूमिका खेल्न स्थानीय तहका प्रमुखहरुलाई राजपाले निर्देशन पनि दिएको छ ।

    मेयरले भने : सचिवले ३ करोड राजस्व उठाउन निर्देशन दिए 

    राजपा जनप्रतिनिधिहरुको बैठकमा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवले हालसम्म कुनै किसिमको कर नबढाएको बताए । यद्यपी उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले जसरी पनि कर संकलनलाई तीब्र बनाउन निर्देशन दिएको बैठकमा सुनाए ।

    केही महिनाअघि सचिव थपलिया नगरपालिका आउँदा जसरी पनि कर वृद्वि गर्न निर्देशन नै दिनुभयो’ बैठकमा मेयर यादवले भने, ‘बर्षको ३ करोड रुपैयाँ कर संकलन गर्न उहाँले सिधै निर्देशन दिनुभयो ।’

    गएको बर्ष कर नआउँदा पनि केही भएन, यस पटक कर जसरी पनि संकलन गर्नैपर्छ’ थपलियाले भनेको कुरा भन्दै यादवले सुनाए ‘यदि वर्षको ३ करोड रुपैयाँ कर संकलन गर्नुभएन भने नगरपालिका घटुवा भएर गाउँपालिकामा झर्छ या अर्काे नगरपालिकासँग मर्ज हुन्छ ।’

    मेयर यादवले थपलियाले निर्देशन दिए पनि सीमाभन्दा बाहिर गएर कुनै किसिमको कर नबढाएको बताए । उनले नगरपालिकाका जनतालाई अहिलेसम्म कुनै कर नथोपारिएको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

    विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई...

    अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका...

    विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

    काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल...

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...

    चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

    काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...