News Portal

विदेशमा ७ सय बढी नेपालीहरु कोरोना संक्रमित

हिमाली संचार संवाददाता
५०९ पटक
बैशाख ०१, २०७७ सोमबार

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट विभिन्न देशमा १४ नेपालीको ज्यान गएको छ। ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघले जनाएको छ।

संघका अनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स (यूएई) मा १ नेपालीको निधन भएको हो।

अमेरिकामा ५ सय, बेलायतमा १ सय, बहराइनमा २५, यूएईमा २२, स्पेनमा १८, कुवेतमा ११, अस्ट्रेलियामा ९, पोर्चुगलमा ८, साउदी अरेबियामा ५ र जर्मनीमा ४ नेपाली संक्रमित छन्।

जापान, मलेसिया, म्यान्मार र हङकङमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको संघका प्रवक्ता डीबी छेत्रीले बताए।

यूएईमा एक महिलाको निधन भएको छ भने दुई जना निको भएका छन्। साउदीमा तीन जना संक्रमितले स्वास्थ्यलाभ गरेका छन्। बेलायतमा स्वास्थ्यलाभ गरी एक जना घर फर्किएका छन्।

ओमानका नेपाली अहिलेसम्म सुरक्षित छन्। अफ्रिकी र पश्चिम एसियाका अन्य देशमा कोरोनाबाट नेपाली प्रभावित भए/नभएको सार्वजनिक भएको छैन। संघले २४ घण्टे हटलाइन सेवा सुरु गरी विभिन्न देशबाट सूचना संकलन गरिरहेको छ।

पश्चिम एसियाका देशमा समिति बनाएर त्यहाँका सरकार तथा सामाजिक संस्थासँग सहकार्य गरी संघले कोरोनाविरुद्ध काम गरिरहेको छ। कतार सरकार र यूएई प्रहरीसँग मिलेर राहत तथा उद्धारको काम गरिरहेको प्रवक्ता छेत्रीले बताए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार अन्य देशका नागरिकको तुलनामा नेपालीमा कोरोना संक्रमण कम देखिएको छ। मन्त्रालयले आफ्ना नियोगबाट हरेक दिन विदेशमा कार्यरत नेपालीको अवस्थाबारे तथ्यांक लिइरहेको छ।

कुवेतस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी कोरोना जोखिमलाई ध्यानमा राखेर सावधानी अपनाउन आग्रह गरेको छ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कोरोनाका कारण निधन भएका व्यक्तिको दाहसंस्कार उतै गर्ने तयारी भएको बताए।

‘यूएईबाट मात्रै सम्पर्कमा आएकाले स्थानीय प्रशासनमार्फत परिवारको अनुमति लिएर उतै दाहसंस्कार गर्ने योजना बनाएका छौं’, उनले भने।

वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी नेपाली विदेशमा कार्यरत छन्। तीमध्ये ७५ प्रतिशतभन्दा बढी खाडी तथा मलेसियामा छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...