News Portal

विदेशमा ७ सय बढी नेपालीहरु कोरोना संक्रमित

हिमाली संचार संवाददाता
४५४ पटक
बैशाख ०१, २०७७ सोमबार

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट विभिन्न देशमा १४ नेपालीको ज्यान गएको छ। ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघले जनाएको छ।

संघका अनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स (यूएई) मा १ नेपालीको निधन भएको हो।

अमेरिकामा ५ सय, बेलायतमा १ सय, बहराइनमा २५, यूएईमा २२, स्पेनमा १८, कुवेतमा ११, अस्ट्रेलियामा ९, पोर्चुगलमा ८, साउदी अरेबियामा ५ र जर्मनीमा ४ नेपाली संक्रमित छन्।

जापान, मलेसिया, म्यान्मार र हङकङमा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको संघका प्रवक्ता डीबी छेत्रीले बताए।

यूएईमा एक महिलाको निधन भएको छ भने दुई जना निको भएका छन्। साउदीमा तीन जना संक्रमितले स्वास्थ्यलाभ गरेका छन्। बेलायतमा स्वास्थ्यलाभ गरी एक जना घर फर्किएका छन्।

ओमानका नेपाली अहिलेसम्म सुरक्षित छन्। अफ्रिकी र पश्चिम एसियाका अन्य देशमा कोरोनाबाट नेपाली प्रभावित भए/नभएको सार्वजनिक भएको छैन। संघले २४ घण्टे हटलाइन सेवा सुरु गरी विभिन्न देशबाट सूचना संकलन गरिरहेको छ।

पश्चिम एसियाका देशमा समिति बनाएर त्यहाँका सरकार तथा सामाजिक संस्थासँग सहकार्य गरी संघले कोरोनाविरुद्ध काम गरिरहेको छ। कतार सरकार र यूएई प्रहरीसँग मिलेर राहत तथा उद्धारको काम गरिरहेको प्रवक्ता छेत्रीले बताए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार अन्य देशका नागरिकको तुलनामा नेपालीमा कोरोना संक्रमण कम देखिएको छ। मन्त्रालयले आफ्ना नियोगबाट हरेक दिन विदेशमा कार्यरत नेपालीको अवस्थाबारे तथ्यांक लिइरहेको छ।

कुवेतस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी कोरोना जोखिमलाई ध्यानमा राखेर सावधानी अपनाउन आग्रह गरेको छ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले कोरोनाका कारण निधन भएका व्यक्तिको दाहसंस्कार उतै गर्ने तयारी भएको बताए।

‘यूएईबाट मात्रै सम्पर्कमा आएकाले स्थानीय प्रशासनमार्फत परिवारको अनुमति लिएर उतै दाहसंस्कार गर्ने योजना बनाएका छौं’, उनले भने।

वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी नेपाली विदेशमा कार्यरत छन्। तीमध्ये ७५ प्रतिशतभन्दा बढी खाडी तथा मलेसियामा छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...