News Portal

काेरोना प्रकोप अमेरिकामा एकैदिन १९२२ को मृत्यु, ३३ हजारभन्दा बढी संक्रमित

हिमाली संचार संवाददाता
३६६ पटक
वासिङ्टन — अमेरिकामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण लगातार बढिरहेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा बुधबार मात्रै थप ३३ हजार ३ सय २३ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै बुधबार एक हजार ९ सय २२ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु बुधबार भएको हो । यसअघि मंगलबार अमेरिकामा कोरोना संक्रमणबाट करिब एक हजार ८ सयको मृत्यु भएको थियो ।

बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ८ सय १७ पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या ४ लाख ३२ हजार पुगेको छ । अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण फैलिएको छ भने सबैभन्दा बढी न्युयोर्क प्रभावित भएको छ । अमेरिकाको योमिङ राज्यमा भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

त्यस्तै बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट इटालीमा १७ हजार ६ सय ६९, स्पेनमा १४ हजार ७ सय ९२, बेलायतमा ७ हजार १ सय ११, फ्रान्समा १० हजार ८ सय ८७, जर्मनीमा दुई हजार ३ सय ४९, इरानमा ३ हजार ९ सय ३३ र चीनमा ३ हजार ३ सय ३९ को मृत्यु भएको छ।

बिहीबार बिहानसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ हजार ५ सयभन्दा बढी छ। त्यस्तै १४ लाख ८४ हजारभन्दा बढी संक्रमित हुँदा करिब ३ लाख २९ हजार निको भएका छन्।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...