News Portal

सिमाबर्ति क्षेत्रमा अस्थायी क्याम्प स्थापना

रबिन्द्र बराल
४७७ पटक
चैत २५,२०७६ मंगलबार

मोरङ – लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले सीमा क्षेत्रमा ससस्त्र प्रहरीकाे अस्थायी क्याप स्थापना गरेको छ। सरकारले दाेस्राे पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपिएसँगै सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को थप फौजलाई सीमा क्षेत्रमा तैनाथ गरिएको छ। लकडाउन थपिएसँगै आवतजावत माग गर्दै सीमा नाकामा लुकिछिपि नेपाल तर्फ नेपालीहरु आउन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि सिमामा ससस्त्र प्रहरी थप केन्द्रित गरिएको छ।

चैत्र ११ देखि लागू गरिएको लकडाउनको पालना र सीमा हुँदै आवतजावत रोक्न थप फौज परिचालन गरिएको माेरङका प्रहरी प्रमुख नेत्रबहादुर कार्कीले बताए ।

भारतमा रोजगारी गरिरहेका नेपालीलाई समेत सरकारले कोरोना संक्रमण फैलिन सक्ने भन्दै नेपाल प्रवेश गर्न नदिन र सीमामा कडाइ गर्न निर्देशन आएपछि थप फौजलाई परिचालन गरिएको उनले बताए।

कोरोनाविरुद्धको प्रतिकार्य योजना लागू र लकडाउन कार्यान्वयन गर्न सरकारले सीमा क्षेत्र लक्षित गरेर तैनाथी बढाएकाे र अहिले १ सय ५० जना ससस्त्र प्रहरीलाई नेपाल–भारत सीमामा खटाइएको हाे। खटाइएका थप जनशक्ति पहाडी जिल्ला र माेरङ र सुनसरीका गण र बेशक्याप बाट ससस्त्र प्रहरी ल्याएकाे कार्कीले बताए।

भारतीय सीमा जोडिएकाेे बिराटनगरकाे केशलिया देखि माेरङकाे रतुवामाई नगरपालिकाकाे बल्डङ्गा सम्म मा ३६ स्थानमा अस्थायी रुपमा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको छ।

अधिकांश बीओपीमा २५ जनाले मात्रै सुरक्षा दिदै अाएकाे मा अहिले सिमा सुरक्षकाे लागि जनशक्ति थप गरिएको छ। थपिएका जनशक्तिलाई अस्थायी युनिट खडा गरेर सीमाबाट मानिस आवतजावत हुन नदिन माेरङकाे धनपालथान अन्तर्गत तरिगमा, डुमरीया, खैरवना, पाेखरी डिल, हनुमान मंन्दिर, भलुवा नयाँ टाेल, आपगाछि, मायाँगञ्ज गरि ७ स्थान, रंगेली नगरपालिकामा ३ स्थान, रतुवामाई र सुनवर्सि नाकामा सिक्टि बाेडर, साेनापुर, बल्डङ्गा, कुटुमगञ्ज, डाेरिया, थालगाछि गरि १६ स्थानमा २४ घन्टा अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको कार्कीले बताए।

विदेशबाट आएर परिवारका सदस्यलाई कोरोना संक्रमण सारेको भेटिएपछि नाकाबाट मानिस भित्रिन नदिन थप सतर्कता अपनाइएको हाे। भारतले समेत सिमा सुरक्षामा बाक्लाे उपस्थितिमा एसएसपी समेत खटाएर आवतजावतमा थप कडाई गरेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...