News Portal

चिडियाखानाको बाघमा पनि देखियो कोरोना संक्रमण

हिमाली संचार संवाददाता
५५२ पटक
अप्रिल ०७, २०७६ मंगलबार

एजेन्सी : अमेरिकामा कोरोना भाइरस संक्रमण लगातार बढिरहेको छ। विश्वभरी कै सबैभन्दा धेरै ३ लाख ३६ हजार मानिसहरु अमेरिकामै कोरोना संक्रमित छन्।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ। अमेरिकाको न्युयोर्क सहरमा मात्रै कोरोना भाइरसबाट अहिलेसम्म २ हजार २ सय ५६ को मृत्यु भइसकेको छ।

यसैबीच न्युयोर्कको ब्रोन्क्स चिडियाखानामा एक अनौठो घटना देखिएको छ। चिडियाखानामा राखिएको चार बर्षकी एक बघिनी पनि कोरोना भाइरस संक्रमित भेटिएको छ।

आयोवास्थित नेसनल भेटनरी सर्विस ल्याबको परीक्षणमा ती बघिनी कोरोना पोजिटिव पुष्टि भएको ब्रोन्क्स चिडियाखानाले जनाएको छ।

नादिया नाम गरेकी ती बघिनीकी बहिनी अजुल र अन्य दुई बाघ र तीन अफ्रिकी शेरमा पनि सुख्खा खोकी देखिएको बताइएको छ।

चिडियाघरका कुनै कर्मचारीबाट ती बघिनी संक्रमित भएको त्यहाँका अधिकारीहरुले आशंकाका छन्। संक्रमणको लक्षण देखिएका कुनै कर्मचारीबाटै उक्त जनावरमा सक्रमण भएको चिडियाखानाले जनाएको छ।

अत्यन्त सावधानी पुर्वक नादियाको परीक्षण गरिएको जानकारी दिँदै नादिया र सुख्खा खोकी प्रभावित अन्य जनावरको खानामा पनि कमि आइरहेको चिडियाखानाले जानकारी दिएको छ तर उनीहरु सबैको पर्याप्त रेखदेख भइरहेको त्यहाँको ब्यवस्थापनले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...