News Portal

  • चिडियाखानाको बाघमा पनि देखियो कोरोना संक्रमण

    हिमाली संचार संवाददाता
    ४५७ पटक
    अप्रिल ०७, २०७६ मंगलबार

    एजेन्सी : अमेरिकामा कोरोना भाइरस संक्रमण लगातार बढिरहेको छ। विश्वभरी कै सबैभन्दा धेरै ३ लाख ३६ हजार मानिसहरु अमेरिकामै कोरोना संक्रमित छन्।

    अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ। अमेरिकाको न्युयोर्क सहरमा मात्रै कोरोना भाइरसबाट अहिलेसम्म २ हजार २ सय ५६ को मृत्यु भइसकेको छ।

    यसैबीच न्युयोर्कको ब्रोन्क्स चिडियाखानामा एक अनौठो घटना देखिएको छ। चिडियाखानामा राखिएको चार बर्षकी एक बघिनी पनि कोरोना भाइरस संक्रमित भेटिएको छ।

    आयोवास्थित नेसनल भेटनरी सर्विस ल्याबको परीक्षणमा ती बघिनी कोरोना पोजिटिव पुष्टि भएको ब्रोन्क्स चिडियाखानाले जनाएको छ।

    नादिया नाम गरेकी ती बघिनीकी बहिनी अजुल र अन्य दुई बाघ र तीन अफ्रिकी शेरमा पनि सुख्खा खोकी देखिएको बताइएको छ।

    चिडियाघरका कुनै कर्मचारीबाट ती बघिनी संक्रमित भएको त्यहाँका अधिकारीहरुले आशंकाका छन्। संक्रमणको लक्षण देखिएका कुनै कर्मचारीबाटै उक्त जनावरमा सक्रमण भएको चिडियाखानाले जनाएको छ।

    अत्यन्त सावधानी पुर्वक नादियाको परीक्षण गरिएको जानकारी दिँदै नादिया र सुख्खा खोकी प्रभावित अन्य जनावरको खानामा पनि कमि आइरहेको चिडियाखानाले जानकारी दिएको छ तर उनीहरु सबैको पर्याप्त रेखदेख भइरहेको त्यहाँको ब्यवस्थापनले जानकारी दिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...

    आज २०८२ साल कार्तिक ७ गतेको राशिफल

    आज कार्तिक ७, २०८२ (अक्टोबर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल कार्तिक ६ गतेको राशिफल

    आज कार्तिक ६, २०८२ (अक्टोबर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...