News Portal

प्रकाण्डको गृह जिल्लामा रिहाईको माग गर्दै स्थानीयहरू आन्दोलित

हिमाली संचार संवाददाता
१११५ पटक

भाद्र ११ कालिकोट – खड्कबहादुर विश्वकर्मा नेकपाका प्रवक्ता (प्रकाण्ड)को गृहजिल्ला कालिकोटमा स्थानीय नागरिक हरूको सहभागितामा आज विरोध जुलूस एवं प्रर्दशन गरेका छन् ।

कर्णालीकै एक सच्चा क्रान्तिकारी नेतृत्वको गिरफ्तार पछी आक्रोशित बनेका कालिकोट बासीहरूले रिहाईको माग गर्दै आन्दोलित भएका हुन्। नेकपाका केन्द्रीय प्रवक्ता क. प्रकाण्ड लगायतका सम्पूर्ण राजबन्दीहरूलाई विना शर्त रिहाई गर । सम्पूर्ण झुट्टा मुद्धा खारेज गर । दलाल के.पी. सरकार मुर्दावाद ।लेखिएका सयौं पेलेकार्ड सहित हाजरौ जनताहरूको सहभागितामा भिन्नभिन्न ठाँउमा नारा जुलूस सहित विरोध प्रर्दशन गरेका छन् ।

सावन २२ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएका प्रकाण्डलाई विनाकारण गैरन्यायीकतरीकाले पक्राउ गरिएकाे र नेकपाले बिनाशर्त रिहाईको माग गर्दै आइरहेको छ ।

पक्राउ परेका विश्वकर्मालाई छाड्ने र पुनःप्रहरीले पक्राउ गर्ने गरेको यो सरकारको रोमांचक नाटकको नागरिक समाज, राजनीतिक दल, बुद्धिजीवी, मानवाधिकारवादी, बार एसोसिएशन एवं पत्रकारहरूले सरकारको चर्को विरोध एवं आलोचना गर्दै राजनीतिक व्यवहार गर्न दवाब दिइरहेका छन् ।

प्रकाण्ड नेपाली जनताको मुक्तिका लागी निरन्तर सघर्ष गर्दै आइरहेका एक क्रान्तिकारी नेतृत्व हुन्।
तस्वीर : नेपालीभिउबाट

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...