News Portal

एनआरएनएले गर्‍यो मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन

हिमाली संचार संवाददाता
९०१ पटक
अप्रिल ०३, २०२० शुक्रबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ।

कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गइरहेकॊ प्रति सचेत हुँदै त्यसबाट नेपाली श्रमिकहरुको जीवनरक्षा र आवश्यक भरणपाेषण पनि गर्ने उदेश्य लिएर यो समिति गठन गरिएको संघका केन्द्रीय प्रवक्ता डिबी कार्कीले जानकारी दिएका छन्।

समितिले मध्यपुर्बका सम्पूर्ण राजदुताबासबाट दैनिक विवरण प्रत्येक एनसीसी मार्फत जानकारी लिनेछन्। त्यसैगरी कोरोना भाईरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेकॊ प्रति नेपालीहरुलाई सजक रहन प्रोत्साहित गर्नुपर्ने जिम्मेवारी पनि दिइएको छ।

प्रबासमा रहेका नेपाली श्रमिकहरुमा भइपरी आउनसक्ने संभावित परिस्थितिलाई सहजीकरण गर्नका लागि यो समितिले सदैव सचेत रही काम गर्ने बताइएको छ।

अनलाइन मार्फत सम्पुर्ण नेपालीहरूसँग सम्पर्क गरी आवस्यक समन्वय गर्ने जिम्मेवारी पनि समितिको तोकिएको छ। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत नेपाल सरकारकॊ आवहानलाई सम्पुर्ण प्रवासी कामदारहरूमाझ पुर्‍याउने काम पनि यो समितिलाई दिइएको छ।

समितिको संयोजकमा एनआरएनएका मध्यपुर्व संयोजक प्रविन गुरुङ्ग (कतार) छन्। समितिको उप-सम्योजकमा मनोज कुमार श्रेष्ठ गोर्खाली (युएई) र प्रबक्तामा राजेन्द्र अर्याल जोन (साउदी अरब) चयन भएका छन्।

मध्यपुर्व स्तरीय उद्दार समितिको सदस्यहरुमा राज रेग्मी (कतार), सुमित्रा पौडेल (कुबेत), यास्मिन बेगम सैयद (साउदी अरब), रमेश भट्ट (कतार), नारायण पासवान (साउदी), ठाकुरप्रसाद ढुंगाना (युएई), अमित राई (कुवेत), अजय यादब (ओमान), लालप्रसाद पुन (बहराइन), नवीन पौडेल (युएई) राजु केसी (युएई), नेत्रप्रसाद शर्मा (युएई), अब्दुल बासिद (कतार),
होमनाथ शर्मा (कतार), युबराज शर्मा (कतार), केबी हमाल (कतार) मोहम्मद मुक्तदा मुसलमान (कतार),
प्रकास कोईराला (युएई), तेज थापा (साउदी अरब) सुजन केसी (कुवेत), लक्ष्मी गिरी (बहराइन) र सेवन्त पुर्जा पुन (ओमन) रहेका छन्।

उद्दार समितिलाई आवश्यक सरसल्लाह र समन्वयको लागि एक सल्लाहकार मण्डल पनि गठन गरिएको छ। सल्लाहकार मण्डलमा टीबी कार्की (कतार), आर के शर्मा (कतार), डीबी क्षेत्री (ओमान), राजु सैयद (साउदी अरब), नरेन्द्र भाट (कतार), महेन्द्र चम्लागाई (कतार), कमलमणि गुरागाई (कतार), बिमल सुबेदी (कतार), गोपाल कडेल (युएई), धर्मराज गिरी (ओमान), बिल गुरुङ (कतार), बिनोद भट्टराई (कतार), सनी ओली (कतार), सुरज मास्के (कुवेत), रमेश भण्डारी (साउदी अरब) कृष्ण प्रसाद भट्टराई रहेका छन्।

साथै उद्दार समितिको मिडिया संयोजकमा युएईबाट मेघराज सापकोटा चयन भएका छन्। मिडिया समुहका अन्य सदस्यहरुमा शुक्र मुक्तान (साउदी अरब), शुवास शर्मा (युएई), दिपजङ शाह (कतार), अमर श्रेष्ठ (बहराइन) र माधब शाही (कुवेत) रहेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...