News Portal

साउदीका प्रमुख सहरमा अनिश्‍चितकालिन कर्फ्यु जारी

हिमाली संचार संवाददाता
५०० पटक

साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ। यो क्षेत्रमा झन्डै एक लाख नेपाली नागरिक कार्यरत छन्।

साउदीमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएपछि कर्फ्यु जारी भएको हो। यसअघि मुस्लिम धर्मालम्बीको प्रमुख तीर्थस्थल मक्का र मदिनामाका साथै राजधानी रियादमा पनि कर्फ्यु जारी भएको थियो । बिहीबार मात्रै साउदीमा १६५ जनामा काेराेना पोजिटिभ देखिएको थियो।

रियादस्थित नेपाली दूतावासले यो क्षेत्रमा रहेका नेपालीले कर्फ्युको समयलाई पूर्ण पालना गर्न अनुरोध छ। ‘सरकारले तोकेका स्वास्थ्य म्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनै पनि बहानामा बाहिर ननिस्किनुहुन अनुरोध छ,’ दूतावासद्‍वारा जारी विज्ञप्तिमा भनिएको छ।

शुक्रबार दिउँसोसम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १८८५ पुगेको छ। बिहीबार मक्का, मदिना र जेद्दा क्षेत्रमा मात्रै १२४ जनामा संक्रमण पुष्टि भएको थियो। कुल संक्रमितहरुमध्ये हालसम्म ३२८ जना निको भएका छन् भने २१ जनाको मृत्यु भइसकेको छ। साउदीमा कार्यरत नेपाली नागरिकमा भने अहिलेसम्म संक्रमण देखिएको छैन।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...