News Portal

साउदीका प्रमुख सहरमा अनिश्‍चितकालिन कर्फ्यु जारी

हिमाली संचार संवाददाता
४६७ पटक

साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ। यो क्षेत्रमा झन्डै एक लाख नेपाली नागरिक कार्यरत छन्।

साउदीमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएपछि कर्फ्यु जारी भएको हो। यसअघि मुस्लिम धर्मालम्बीको प्रमुख तीर्थस्थल मक्का र मदिनामाका साथै राजधानी रियादमा पनि कर्फ्यु जारी भएको थियो । बिहीबार मात्रै साउदीमा १६५ जनामा काेराेना पोजिटिभ देखिएको थियो।

रियादस्थित नेपाली दूतावासले यो क्षेत्रमा रहेका नेपालीले कर्फ्युको समयलाई पूर्ण पालना गर्न अनुरोध छ। ‘सरकारले तोकेका स्वास्थ्य म्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनै पनि बहानामा बाहिर ननिस्किनुहुन अनुरोध छ,’ दूतावासद्‍वारा जारी विज्ञप्तिमा भनिएको छ।

शुक्रबार दिउँसोसम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १८८५ पुगेको छ। बिहीबार मक्का, मदिना र जेद्दा क्षेत्रमा मात्रै १२४ जनामा संक्रमण पुष्टि भएको थियो। कुल संक्रमितहरुमध्ये हालसम्म ३२८ जना निको भएका छन् भने २१ जनाको मृत्यु भइसकेको छ। साउदीमा कार्यरत नेपाली नागरिकमा भने अहिलेसम्म संक्रमण देखिएको छैन।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...