News Portal

चीनको सेन्झेनमा कुकुर-बिरालोको मासुमाथि प्रतिबन्ध

हिमाली संचार संवाददाता
४८५ पटक

बेइजिङ — अहिले विश्व नै नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम तथा नियन्त्रणका लागि संघर्षरत छ । विश्वलाई नै आक्रान्त बनाएको भाइरस गत डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तको राजधानी वुहानस्थित वन्यजन्तुको मासु बजारबाट फैलिएको आरोप लाग्दै आएको छ ।

यही आरोपकै बीच गत फेब्रुअरीमा चीनले वन्यजन्तुको व्यापार र उपभोगमा प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो पटक चीनको सेन्झेन सहरमा पनि कुकर–बिरालोको मासु बिक्रीवितरण र उपभोगमा प्रतिबन्ध लगाइएको छ।

प्रतिबन्धसँगै सेन्झेन कुकुर–बिरालोको मासु प्रतिबन्ध लगाउने पहिलो चिनियाँ सहर भएको छ। प्रतिबन्धसम्बन्धी कानुन मे १ देखि लागू हुने छ। पशु अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय निकाय ‘ह्युमन सोसाइटी इन्टरनेसनल (एचएसआई) का अनुसार एसियामा मासुका लागि प्रत्येक वर्ष ३ करोड कुकुर मारिने गरिएका छन्।

‘घर पालुवा जनावरका रूपमा कुकुर र बिरालोको मानवसँग अन्य जनावरको तुलनामा नजिकको सम्बन्ध छ र हङकङ र ताइवानका साथै अन्य विकसित राष्ट्रमा मासुका लागि यिनीहरुसहित अन्य घरपालुवा जनावरको उपभोगमाथि प्रतिबन्ध लगाइएको छ,’ सेन्झेन सरकारलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ– ‘यो प्रतिबन्धले मासुका लागि घरपालुवा जनावरको उपभोग हुनु हुँदैन भन्ने मानव सभ्यताको चाहना र इच्छालाई समेत सम्बोधन गरेको छ।’

कुकुर–बिरोलोको मासुमा प्रतिबन्ध गर्ने सेन्झेन सरकारको निर्णयको पशु अधिकारवादी संस्था एचएसआईले प्रशंसा गरेको छ। ‘चीनमा प्रत्येक वर्ष मासुका लागि १ करोड कुकुर र ४० लाख बिरालो मारिन्छन्। जीवितै वा मारेर हुने घरपालुवासहित वन्यजन्तुका क्रुर व्यापार अन्त्यका लागि सेन्झेनको पछिल्लो निर्णय एउटा युगान्तकारी अवसर हुनसक्छ,’ एचएसआईका लागि चिनियाँ नीतिका प्रमुख डाक्टर पिटर लीले बताए।

सेन्झेनले मासुका लागि कुकर र बिरालो मार्न प्रतिबन्ध गरे पनि चीनले कोरोना भाइरसका बिरामीको उपचारका लागि भालुको पित्त प्रयोग गर्न हालै स्वीकृति प्रदान गरेको छ। चीनको परम्परागत औषधोपचारमा लामो समयदेखि भालुको पित्त प्रयोग हुँदै आएको छ। पत्थरी र कलेजोसम्बन्धी रोगको निदानका लागि भालुको पित्त प्रयोग भए पनि कोरोना भाइरस बिरामीमा यसले कतिको काम गर्छ भन्ने अझै पुष्टि भइसकेको छैन। पशु अधिकारकर्मीले भने कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा निर्दोष जनावर वा जनावरको अंग प्रयोग गर्नु नितान्त गलत भएको भन्दै विरोध जनाएका छन्।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...