News Portal

लकडाउनले गरीबको बिचल्ली

रबिन्द्र बराल
४१७ पटक
चैत्र २१ शुक्रबार

 

मोरङ । विश्वभर काेराेना भाईरसको प्रकाेप बडन थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले पनि दुई सात देखि मुलुकभर लकडाउनका कारण अहिले गरिव समस्यामा परेका छन। 

ज्याला मजदुरी गरेर आफ्ना घर खर्च जाेहाे गर्ने अति विपन्न परिवारहरुलाई विहान बेलुकी हातमुख जाेडन समस्या परेको छ । मोरङको बिराटनगर-८ स्थित ७० बर्षिया एक बृद्ध अहिले बिराटनगर ट्राफिक प्रहरी कार्यालय  पेटिमा बसेर मकै पोलेर बिक्री गर्दे आएकी छिन ।

उनी आफ्नो  दुखेसाे यसरी पाेखीन श्रीमानको मृत्यु भएको धेरै बर्ष भइसक्यो । घरमा ५ जना छाेरीहरुलाई बिगत २५ बर्षदेखि यही ठाउँमा बसेर मकै पोलेर परिवारको पालनपोषण गरिरहेको बताउछिन्। बजार खुल्ला भएको बेलामा दैनिक १ सय ५० वटा मकै पाेलेर राम्रो आम्दानी गर्ने गरेता पनि अहिले लकडाउनको समयमा १० देखि २० वटा मात्रै मकै बिक्री हुने गरेको बताउछिन्।

अब आफ्नो परीवार कसरी पालनपोषण गर्नु भन्दै बिलाैना समेत गरिरहेकी छिन। त्यस्तै, एक रिक्सा चालकको पनि दुखेसो र पिडा भने कम छैन । उनी भन्छन घरपरिवारमा  तीन छाेरा छाेरी र श्रीमती घरमा रहेको छन् । धरमा एक दाना चामल छैन । अहिले सरकारले काेराेना राेग आएको भन्दै लकडाउन गरेर आफुहरुलाई समस्या परेको उनले बताए।

घरमा बसाै भने छाेरा छाेरीहरु भाेक लाग्याे भाेक लाग्याे भन्छन ।  रिक्सा लिएर बजर निस्कियाे भने प्रहरी घर जा जा भन्छ हामी गरीब कहाँ जाँउ भन्दै दुखेसो पाेख्छन । बरु भाेकले मर्नु भन्दा राेग लागेरै मराै भनेर रिक्सा चलाउन बजार आएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...