News Portal

कोरोना नियन्त्रणका लागि ज्ञानेन्द्र शाहद्वारा २ करोड सहयोगको घोषणा

हिमाली संचार संवाददाता
५०६ पटक
काठमाडौँ १९, २०७६ चैत

पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड-१९ को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताउनु भएको छ।

कोभिड-१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उहाँले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सम्यता र विकासलाई नै गम्भीर चुनौती दिएको उल्लेख गर्नु भएको छ।

पूर्वराजा शाहले भन्नुभएको छ, “आमनेपालीले यस दुःखको घडीमा अभाव र समस्या सहेर पनि यसविरुद्ध लड्न जुन अनुशाषन र धैर्यता दर्शाउनु भएको छ, त्यसको हामी उच्च सराहना गर्छौं।”

राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउनत सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढङ्गबाट मानवीय सेवामा सहयोगमा भइरहेको कामको प्रशंसा गर्दै उहाँले यसलाई अझै प्रभावकारी तुल्याउन अनुरोध गर्नुभएको छ।

पूर्वराजा शाहले आफ्नोतर्फबाट हिमानी कोषमार्फत दुई करोड नेपाल सरकारको ‘कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा उपलब्ध हुने जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...