News Portal

जति नजिक थियौं उतिनै टाढ़ा भएकाछौं, कोरोनाको प्रकोपले बिचारा भएकाछौं

✍️ कवि डा. सुमाया राई
४४४ पटक
१८ चैत्र २०७६

 

जति नजिक थियौं

उतिनै टाढ़ा भएकाछौं

कोरोनाको प्रकोपले 

बिचारा भएकाछौं!

 

शक्तिशालीको शक्तिपनि देखायो

केही नलाग्ने रैछ प्रकृतिको अघि

लाचार भएकाछौं!

 

यो एवटा सिकाई भो – मान्ने हो भने

नमान्ने हो भने कसको के लाग्छ र ??

व्याभिचारी भएकाछौं!

 

मान्छे हौं कराउन मात्र जान्याछौं

प्रकृतिको गुपचुप तर गतिशील गुनासो नसुन्ने

कानभएका बहिरो भएकाछौं!

 

यो मेरो त्यो तेरो भन्ने तर्कनालाई शुन्यतामा झारी

सम्पुर्ण विश्व एवटै धरातलमाथि उभिएको

कुरा नबुझ्ने अज्ञानी भएकाछौं !

 

जति नजिक थियौं 

उतिनै टाढ़ा भएकाछौं

कोरोनाको प्रकोपले 

बिचारा भएकाछौं…!!

डा. सुमाया राई (हाल- बेलायत)

 

 

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...