News Portal

सप्तरीमा सशस्त्र प्रहरीबाट कुटिए दुइ युवक, विभागीय कार्बाही हुने

हिमाली संचार संवाददाता
५०७ पटक

१७ चैत्र २०७६

सप्तरी । लकडाउन उलंधन गरेको आरोपमा सशस्त्र प्रहरी बलका जवानले दुइ युवा खोला बगर हुदै चामलको बोरा बोकेर धर जादै गरेका अवस्थामा बगरमा निर्धात कुटपीट गरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। 

बलान बिहुल गाउपालिका -३ मौवाहा गाउका हरेकृष्ण शाह र चन्दन यादवलाई सप्तरीको बलान बिहुल गाउपालिकास्थित खोला बगर हुदै धर जादै गरेको समयमा कुटपीत गरेको हो। पीडित युवाका अनुसार धर नजिकै रहेको विहारको लौकहा बजारबाट औषधी खरीद गरी बगर हुदै फर्किने क्रममा कुटिएको बताएका छन्।

कुटपीट गर्ने प्रहरी जवान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका हुन्। दुइ युवालाई धोप्टो पारेर निर्धात कुटपीट गरेको भिडियो सामाजिक संजालमा अहिले भाइरल भइरहेको छ। दुबै धाइते युवाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बलानबिहुल गाउपालिका अध्यक्ष दयानन्द गोइतले बताए। 

सशस्त्र प्रहरी बलले छानविन थालेको छ। पछिल्लो समय सामाजिक संजालमा भाइरल भिडियोबारे प्रश्न उठेपछि हल्चोक मुख्यालयले छानविन शुरु गरेको छ। धटनामा सलंन कर्मचारीमाथि विभागीय कारवाही हुने सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...