News Portal

महोत्तरीमा घरबाटै चोरियो ८ महिने शिशु

विक्रम रौनियार
७३५ पटक

११ भदौ, महोत्तरी – जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् ।

एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् ।

इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाएलगत्तै खोजी कार्य थालेको जानकारी दिए । केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको उनको भनाइ छ ।

बालिका अपहरणपछि परिवारमा रुवाबासी चलेको छ । यसअघि  गत माघमा वीरगन्ज उपमहानगरपालिका-१, छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर प्रहरीले ३ दिनपछि उक्त बच्चा फेला पारेको थियो ।

०७० माघमा बुलवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि यस्तै घटना भएको थियो । कपिलवस्तुको वीरपुर–६, कुदरबेटवाका सन्जु भन्ने परमात्मा रैदासको ९ दिने नवजात शिशु अस्पतालबाटै चोरी भएको थियो

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...