News Portal

कांग्रेसनिकट जनप्रतिनिधिलाई देउवाकाे निर्देशन– कर लिँदा ध्यान दिनू

हिमाली संचार संवाददाता
६२४ पटक

११ भदौ, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा सत्ता कब्जा गर्ने दिशामा रहेको आरोप लगाएका छन् ।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने कोसिस गरिरहेको आरोप लगाए ।

कञ्चनपुरमा बलात्कार गर्नेलाई राजनीतिक संरक्षण गर्न खोजिएको भन्दै उनले रोष प्रकट गरे ।

पछिल्लो समय स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको भन्दै सभापति देउवाले कांग्रेसले जितेका स्थानीय तहले ध्यान दिएर मात्रै कर उठाउनुपर्ने बताए । ‘संविधानले तीनवटै तहले सरकारले कर लिन सक्ने भनेको छ,’ सभापति देउवाले भने, ‘ध्यान दिएर मात्रै कर उठाउनुहोला ।’

कार्यक्रममा प्रतिष्ठानका प्रमुख तथा उपसभापति विमलेन्द्र निधिले तीन तहको सरकार हुँदा कांग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई आग्रह गरे । ‘कांग्रेसको सरकार कहाँ छ भनेर खोज्यो भने स्थानीय तहमा मात्रै छ,’ निधिले भने, ‘तपाईंहरुको कामले नै कांग्रेसले अर्को चुनावमा स्थान पाउँछ । यसकारण अरुले भन्दा फरक र उदाहरणीय काम गर्नुहोस् । जनताले कांग्रेसले जितेका ठाउँमा गर्‍याे है भन्ने पार्न सक्नुपर्छ ।’

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...