News Portal

नेपाली सेनाले कोरोनासम्बन्धि सूचना र जानकारी अब मोबाइल एपमा राख्ने

हिमाली संचार संवाददाता
६८० पटक
काठमाडौं १७, २०७६ चैत

नेपाली सेनाले कोरोनाभाइरस संक्रमित र शंकास्पदहरूको सूचना तथा जानकारी संकलनका लागि मोबाइल एप प्रयोगमा ल्याएको छ।

सेनाले तयार गरेको एपको नाम कोभिड–१९ रेस्पोन्स एप नेपाल राखिएको छ। हाललाई एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि मात्रै एप तयार भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार कोभिड–१९ को महामारी रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न क्राउड सोर्सिङ को अवधारणा अनुसार सर्वसाधारणबाट सूचना लिन एप प्रयोगमा आउनेछ।

एपको प्रयोगबाट सर्वसाधारणले आफ्नो परिवार, छिमेक तथा साथीभाइमा कोभिड–१९ सम्बन्धि कुनै पनि लक्षण देखिएमा उक्त विवरण पठाउन सकिने छ। यस्तै गलत सूचनाबाट बच्न र सत्य सूचनाका लागि यो एप प्रभावकारी हुने सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए।

उनका अनुसार एप मार्फत प्राप्त हुने डाटाहरूलाई नेपाली सेनाले आवश्यक ब्यवस्थापन, बिश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने छ। एप नेपाली सेनाको आधिकारीक वेबसाईट https://www.nepalarmy.mil.np बाट डाउनलोड गर्न सकिने छ।

एप प्रयोगकर्ताले आफ्नो परिवार, छर छिमेक तथा साथी भाईमा केभिड– १९ सम्बन्धि कुनै लक्षण देखिएमा बिरामीको ब्यक्तिगत विवरण तथा लक्षणको विवरण उपलब्ध गराउन सक्नेछन्।

बिरामीको लक्षणको विवरण प्रत्येक २४ घण्टामा एक पटक वा बिरामीको स्थितीमा परिवर्तन आएमा सोको विवरण पूनः अध्यावधिक गर्न सेनाले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...