News Portal

अब बिना अकाउन्ट फेसबुकमा लाइभ भिडियो हेर्न पाइने

हिमाली संचार संवाददाता
५२४ पटक
एजेन्सी २९, २०२० मार्च

कोरोना भाइरस महामारीसँगै पछिल्लो समयमा फेसबुकमा भिडियो लाइभ गर्नेहरूको संख्या तीव्र रूपमा बढेको छ। फेसबुकमा लाइभ भिडियोको बढ्दो प्रयोग तथा भिडियो हेर्नेहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै फेसबुकले नयाँ सुविधा थप गरेको छ।

जसअनुसार, अब फेसबुकमा खाता नखोलिकनै पनि मोबाइल डिभाइसबाट फेसबुकका लाइभ भिडियो हेर्न पाइनेछ। यसअघि यो सुविधा केवल डेस्कटप प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो।

यो फिचर तत्कालै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ भने आगामी हप्ता आईओएस प्रयोगकर्तालाई पनि उपलब्ध हुने बताइउको छ।

त्यस्तै फेसबुकले Public Switch Telephone Network नामक नयाँ फिचर पनि थप गर्दैछ। उक्त फिचरमार्फत प्रयोगकर्ताले टोल फ्रि नम्बरबाटै फेसबुकको लाइभ स्ट्रिम सुन्न सक्नेछन्।

स्मरण रहोस् फेसबुक लाइभमा केवल अडियो मात्र सुन्न सकिने ‘अडियो वन्ली’ मोड समेत रहेको छ। विश्वका अर्बौँ मान्छेहरू लकडाउनका कारण घरभित्रै बसिरहन बाध्य भैरहेको बेला फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या तिव्र वृद्धि भैरहेको छ।

रिपोर्ट अनुसार ग्रुप भिडियो कलमा ७० प्रतिशतले वृद्धि भएको छ भने फेसबुक र इन्स्टाग्राम लाइभमा मानिसहरूले बढि समय बिताउने गरेका छन्।

अत्यधिक प्रयोगका कारण इन्टरनेट संरचनामै परेको अभूतपूर्व चापलाई मध्यनजर गर्दै फेसबुक र इन्स्टाग्रामले ल्याटिन अमेरिका र भारतमा समेत भिडियो क्वालिटी घटाउने घोषणा गरिसकेका छन्।

यसअघि यी युरोपमा यी दुबै प्लाटफर्मले भिडियो क्वालिटी घटाइसकेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...