News Portal

आजबाट धरानमा पनि कोरोना टेष्ट हुने

हिमाली संचार संवाददाता
३४४ पटक

१६ चैत्र २०७६

धरान। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजबाट कोरोना टेष्ट शुरु हुने भएको छ। नोवेल कोरोना टेष्टका माइक्रोबाइलोजी विभागका सबै तयारी सकिएको भए पनि केही सामान काठमाण्डौमा छुटेका कारण ढिलाई भएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले जानकारी दिए। 

मन्त्रालयबाट आएको समानमा छुटेको हुनाले केही ढिलाई भयो, छुटेको सामान आइ सकेको छ। चैत्र १६ गत्तेदेखि कोरोना आशंका गरेका ब्यक्तिको थ्रोट स्वाब धरानमा नै परिक्षण हुन्छ। यस अधि प्रदेश नं. १ का सम्पूर्ण क्वारेन्टाइनमा बस्ने ब्यक्तिको थ्रोट स्वाब टेकु अस्पताल पठाइन्थ्यो त्यसैले रिपोर्ट आउन हप्ता, दश दिन सम्म पर्खनु पर्ने हुन्थ्यो ।

आइताबारदेखि प्रदेश नं. १ को क्वारेन्टाइनका सम्पूर्ण ल्याब टेष्ट प्रतिष्ठानमा नै हुने छ। प्रदेश नं. १ बाट हालसम्म २५ जनाको ल्याब टेष्ट गरिएको थियो। सबैको नेगेटिभ आएको छ। धरानमा अहिले सम्म सात जना आइसोलेशनमा रहेका छन्। प्रतिष्ठानले हिजो मात्र ३ जनाको टेष्टका लागि काठमाण्डौ पठाएको छ।

अब, सम्पूर्ण तयारी सकिएको हुनाले आइताबारदेखि स्वाबा टेष्ट प्रतिष्ठान धरानमा नै हुने प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर शाहले जानकारी दिएका हुन्। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...