News Portal

बिदेशबाट एकै विमानमा नेपाल आएका २ जना कोरोना संक्रमित भेटिए

हिमाली संचार संवाददाता
३७३ पटक

काठमाडौं १५, २०७६ चैत : बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ।

उनी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्। गत १० चैतमा सोही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो।

संक्रमण पुष्टि भएसँगै ती युवतीसँग विमानमा आएका सबैको खोजी गरिएको थियो। सोही क्रममा बागलुङकी युवतीको धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो।

परिक्षणपछि उनमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो। संक्रमण पुष्टि भएकी उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संंख्या ५ पुगेको छ।

उनीहरू मध्ये १ जना निको भएर घर गइसकेकी छन् भने २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र १ को सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...