News Portal

बिदेशबाट एकै विमानमा नेपाल आएका २ जना कोरोना संक्रमित भेटिए

हिमाली संचार संवाददाता
४१४ पटक

काठमाडौं १५, २०७६ चैत : बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ।

उनी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्। गत १० चैतमा सोही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो।

संक्रमण पुष्टि भएसँगै ती युवतीसँग विमानमा आएका सबैको खोजी गरिएको थियो। सोही क्रममा बागलुङकी युवतीको धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो।

परिक्षणपछि उनमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो। संक्रमण पुष्टि भएकी उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संंख्या ५ पुगेको छ।

उनीहरू मध्ये १ जना निको भएर घर गइसकेकी छन् भने २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र १ को सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...