आज : २०२६-०६-११, बिहीबार

तपाईको राशिफल : आज २०७५ साल भाद्र गते ११ सोमवार, तदअनुसार अगष्ट २७, २०१८

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष : अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

वृष : राज्यबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । पदोन्नतीको सम्भावना प्रवलछ । नयाँ कार्यको थालनी हुनेछ ।

मिथुन : श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कर्कट : सानो तिना समस्यामा अल्झिनुपर्नेछ । गलत निर्णय लिनपुगिएला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुब्ने भयछ ।

सिंह : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । रोकिएको धन पाइएला ।

कन्या : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहला ।

तुला : रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

वृश्चिक : खर्चिलो यात्रा रहला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ ।

धनु : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । अधुरो काम बन्नेछ ।

मकर : अचल सम्पत्ति हात पर्ने योगछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ : दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मीन : सामान हराउने वा चोरी हुने भयछ । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला । वैदेशिक क्षेत्र कमजोर रहला ।