News Portal

क्वारेन्टाइन निर्माण गर्न विधालय अध्यक्षको अवरोध

हिमाली संचार संवाददाता
३०४ पटक

१२ चैत्र २०७६ 

खोटाङ । नोवेल कोरोना भाइरसका आसंङ्खा गरिएको विरामी राख्न क्वारेन्टाइन निर्माण गर्न दिक्तेल बजारका माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका व्यावस्थापन समिति अध्यक्ष नरेशकुमार श्रेष्ठका कारण क्वारेन्टाइन निर्माण गर्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी गाउपालिका प्रमुख दीपनारायण रिजालले बताएका छन्।

दिक्तेल बजारका माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा निर्माण गर्न नदिएपछि माटिकोरेस्थित कभर्ड हलमा क्वारेन्टाइन निर्माण गर्न लागिएको दिक्तेल रुपाकोट मझुवागढी गाउपालिकाको प्रमुख दीपनारायण रिजाल बताएका छन्। रिजालका अनुसार छनौट भएको ठाउमा निर्माण गर्न दिइएन, शुरुमा आफ्नै भवनमा राख्छौ अपुग भएमा बोर्डिङमै पनि राख्छौ। 

खोटाङ दिक्तेलका नेपाली कांग्रेस सभापति समेत रहेका माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका व्यावस्थापन समितिका अध्यक्ष नरेशकुमार श्रेष्ठका अनुसार बजारको विचमा विरामीलाई राख्न नमिल्ने प्रतिक्रिया दिए। 

प्रमुख जिल्ला अधिकारी शालिकराम पौड्यालका अनुसार बोर्डिङमै क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको बताए। माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीको आग्रहमा बोर्डिङमै क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरिएको नगर प्रमुख रिजालले बताएका छन्। 

प्रतिकृया दिनुहोस्

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...