News Portal

निर्मला पन्तको परिवारलाई प्रदेश सरकारले ५ लाख राहत दिने

हिमाली संचार संवाददाता
७९७ पटक

कञ्चनपुर – कञ्चनपुरमा मारिएका निर्मला पन्त र सनी खुनाको परिवारलाई प्रदेश ७ सरकारले ५/५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पन्त र खुना परिवारको भेटेर प्रदेश ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले ५/५ लाख रुपैयाँ राहत घोषणा गरेका हुन् । कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो भने हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर १४ वर्षीय सनी खुनाको मृत्यु भएको थियो ।

केन्द्र सरकारले पनि पन्त र खुनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । आइतबार प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेपाल कम्युनिस्ट पार्टीका नेता लेखराज भट्टलगायतका नेताहरु बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगेर परिवारसँग भेट गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...