News Portal

रंगेली मालपोतका कर्मचारीले घुस मागेपछि…

रबिन्द्र बराल
४३९ पटक

८ चैत्र २०२०, मोरङ : मोरङको रंगेली मालपोत कार्यालयका कर्मचारीले सेवाग्रहीसंग घुस मागेपछि कार्यालयमा तनाव भएको छ। जग्गा पास गराउने क्रममा सो कार्यालयका नासु सुदिप पोखरेल र राजन निरौलाले आफुसंग ३५ हजार रुपैया घुस मागेको रंगेली नगरपालिका वावियार्विताका नविन थापाले आरोप लगाएका छन ।

 जग्गा पास गर्न आवश्यक सबै कागजि प्रक्रिया पुरा गरेर कागज उक्त शाखामा पुगेपछि व्येक्तिगत प्यान नम्वर चाहिन्छ भनेर दुबैले काम नगरेको थापाको भनाई छ। सो घटना वाहिर आएपछि कार्यालयमा तनाव भएको थियो।

आफुमात्र नभई अरु सेवाग्राहीसंग कर्मचारीहरुले कुनैपनि कामका लागि रकम लिने गरेकाले संकलित राजश्व रकम गन्न पटकपटक आग्रह गरेको र त्यसो गर्र्न कर्मचारीले नमानेको उनले वताए।

सेवाग्रहीसंग लिएको रकमपनि संकलित राजश्व रकममा जम्मा गर्ने र कार्यालय समय सकिएपछि उठेको राजश्व रकम छुट्याएर  आएको  रकम कर्मचारीहरुले बाडफार्ड गर्ने गरेको उनले आरोप लगाएको छ।

थापाले रंगेली–८ मा रहेको जग्गा पासगर्नका लागि कार्यालय पुगेको थिए। यस विषयमा कार्यालय प्रमुख चन्द्रमणी पोखरेलसंग बुझ्दा यो हुन नसक्ने भन्दै यो कुरालाई अस्वीकार गरेका छन।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...