News Portal

गुल्मभित्रै सशस्त्र प्रहरी जवानले गरे आत्महत्या

उपेन्द्र यादव
४८३ पटक

बारा ०८, २०७६ चैत : पथलैयामा रहेको राजश्व अनुसन्धान एकाई कार्यालयको सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको शव ब्यारेकभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका-२ नरबस्ती घर भएका २७ वर्षीय बिमल भण्डारीको शव ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएको अवस्थामा फेला परेको गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक हरीनारायण श्रेष्ठले बताए।

भण्डारीको बारेमा अनुसन्धान गर्दा राति १० बजेसम्म राजमार्गको डिउटीमा खटिएको र डिउटी सकेर ब्यारेक पसेका उनी रातिको समयमा झुण्डिएर आत्महत्या गरेको हुन सकिने आशंका रहेको श्रेष्ठले बताए।

सात वर्षअघि सशस्त्र प्रहरीको सेवामा प्रवेश गरेका भण्डारी बिगत एक वर्षदेखि गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत रहेको श्रेष्ठले बताए।

गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत झुण्डिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी जवानको परिवारले बैशाखमा विवाह गर्ने तयारी समेत थालेका प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले बताए।

भण्डारीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको र आत्महत्या गरेका बारे बुझ्ने कार्य सुरु गरिएको उपरीक्षक पुरीले बताए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...