News Portal

खोटाङमा धरेलु मदिरा जफत गरी नष्ट

हिमाली संचार संवाददाता
३०१ पटक

७ चैत्र २०७६

खोटाङ। दिक्तेल बजारका विभिन्न साना ठुला होटलबाट करीब ९ हजार मूल्य बराबरको ६० लिटर धरेलु मदिरा जफत गरी नष्ट गरेको छ। 

खोटाङ जिल्ला प्रशासन, रुपाकोट मझुवागढी नगरपालिका, करदाता सेवा कार्यालय, धरेलु तथा साना उधोग र उधोग वाणिज्य संघले दिक्तेल बजारमा नियमित अनुगमन गर्ने क्रममा अवैध धरेलु मदिरा जफत गरी नष्ट गरेको खोटाङका कर अधिकृत गोपाल राईले जानकारी दिए।

अनुगमन टेलीले दिक्तेल बजारमा संचालित होटलहरुबाट अवैध बिक्रीमा राखेका धरेलु मदिरा ( जाड, रक्सी ) जफत गरी दिक्तेल नगरपालिका पछाडीपट्टी नष्ट गरेका छन्। 

अनुगमन टोलीले म्याद नाधेका ८ प्याकेट चाउचाउ, करीब १ केजी बेसार र दुइ वटा सानो पाकेटका रियल जुस पनि जफत गरी नष्ट गरेको छ। 

प्रतिकृया दिनुहोस्

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...