News Portal

  • कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा १० करोडको आकस्मिक कोष स्थापना

    हिमाली संचार संवाददाता
    ४२६ पटक

    काठमाडौं ०७, २०७६ चैत : काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम, पूर्वसतर्कता, सचेतना र नियन्त्रणका लागि दश करोड रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ।

    महानगर कार्यपालिकाको बिहीबार बसेको बैठकले कोषबाट तत्कालै साना, मझौला र ठूला वडाहरूमा दुईदेखि चार लाख रुपैयाँसम्म बजेट निकासा गर्ने निर्णय गरेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।

    बैठकले कोषबाट जनस्वास्थ्य महाशाखाअन्तर्गत २४ घन्टे हेल्पडेस्क स्थापना गर्ने, सार्वजनिक स्थानहरूमा हेल्पडेस्क स्थापना गर्ने, ती हेल्पडेस्क र विभिन्न सार्वजनिक स्थानमा मास्क र स्यानिटाइजर निःशुल्क वितरण गर्ने निर्णय गरेको छ।

    यस्तै, सन्देशमूलक सूचना, डिजिटल होर्डिङ बोर्ड र डिस्प्लेमार्फत प्रचार प्रसारको व्यवस्था मिलाउने मेयर शाक्यले बताए। महानगरपालिकाले कोरोना भाइरससँगै डेंगु रोगको समेत महामारी फैलिन सक्ने भएकाले सचेतनामूलक सन्देशयुक्त पर्चा पम्प्लेट, ब्यानरजस्ता प्रचार सामग्रीहरू नेपाली र नेपाल भाषामा छपाई वितरण गर्ने निर्णय गरेको छ।

    उपमेयर नेतृत्वको अनुगमन समितिले बजार अनुगमनलाई तीव्र बनाउने र कालोबजारी गरिएको पाए कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ। संघ र प्रदेश सरकारले गरेको निर्णयहरूको पूर्ण कार्यान्वयनसहित महानगरपालिकाभित्र रोग संक्रमण रोकथाम र नियन्त्रण गर्ने निर्णय गरेको मेयर शाक्यले बताए।

    एफएम, टिभी, पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणबाट जोगिने उपायहरूबारे प्रचारप्रसार गर्ने, सार्वजनिक स्थानमा भिडभाड नगर्न सबैलाई आग्रह गर्ने, वडास्तरमा रहेका विपत् व्यवस्थापन समितिलाई क्रियाशील बनाउने, महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवालाई उच्च सतर्कतामा राखी परिचालन गर्ने, महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी कुनै पनि भोजभतेरमा सामेल नहुने र नगर्ने, कुनै पनि सभा सम्मेलन कार्यक्रमको अनुमति नदिने र सहयोग नगर्ने, सहभागी नहुनेसमेत निर्णय गरेको छ।

    बैठकले महानगरपालिका र वडा कार्यालयहरूमा डिसइन्फेक्सन गरेर मात्र उपयोग गर्ने निर्णय गरेको छ। मेयर शाक्यले काठमाडौंमा घोडेजात्रा र सेतो मच्छिन्द्रनाथको जात्रालाई औपचारिक रूपमा मात्रै मनाउने निर्णय गरेकोसमेत बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लिरिका क्याप्सुल भएको ढुवानी तस्करी गर्ने प्रयास असफल

    कुवेत, साउन १६  — कुवेत भन्सारले लागूऔषध नियन्त्रण सामान्य विभागसँगको सहकार्यमा २७१,४०० लिरिका क्याप्सुल समेटिएको...

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...

    लागू औषधमुक्त राष्ट्रको दिशामा सरकारले लिएको गति: गृहमन्त्री लेखक

    काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका...

    सूचना प्रविधिमा अब्बल बन्ने हो भने, स्वदेशमै सम्भावनाको उज्यालो छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं, साउन १६ – देशको समृद्धि सूचना प्रविधिबाटै सुनिश्चित हुन्छ भन्ने धारणा व्यक्त गर्दै सञ्चार...

    अल्पविकसितबाट विकासशील राष्ट्रको यात्रामा नेपाल : प्रधानमन्त्री ओलीको विश्वास

    काठमाडौं, साउन १६ – नेपाल अब विकासको नयाँ मोडमा उभिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले...