News Portal

नेपाली सेनाले मोरङमा २ सय बेडको अस्थायी क्वारेन्टाइन बनायो (फोटोफिचर)

हिमाली संचार संवाददाता
३७३ पटक

७ चैत्र २०७६

मोरङ। मोरङको मिक्लाजुङ गाउपालिका स्थित नेपाली सेनाले नोवेल कोरोना भाइरका संक्रमणको शङ्का लागेका विरामी राख्न मिल्ने २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ। 

प्रदेश सरकारले यही फागुन २९ गत्तेको मन्त्रिपरिषद् बैठकबाट कोरोना भाइरसका संक्रमणको विरुद्ध मोरङको मिक्लाजुङ र सुनसरीको श्रीलंका इलाकामा क्वारेन्टाइन गर्ने निर्णय गरेको थियो। 

प्रदेश सरकारको निर्णय अनुसार नेपाली सेनाले पहिलो चरणमा मोरङको मिक्लाजुङमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण सम्पन्न गरेको हो। नेपाली सेनाले १०० वटा टेन्ट राखेर अस्थायी क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निर्माण र आवश्यकता अनुसार थप गर्न सकिने साथै यसको प्राविधिक र अन्य जनशक्ति प्रदेश सरकारले व्यावस्थापन गर्ने सेनाका २ नं. बाहिनीपति यामप्रसाद ढकालले जानकारी दिएका छन्।

उदयपुरमा पनि करीब २ सय बस्न मिल्ने अस्थायी क्वारेन्टाइन बनाएको पूर्वी पृतना मुख्यालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...