News Portal

साँझा बसले स्यानिटाइजर छर्केर मात्र सेवा दिने

हिमाली संचार संवाददाता
३१४ पटक

०४ चैत्र २०७६, काठमाण्डौ : नोवेल कोरोना भाइरसको त्रासले जोखिम न्यूनीकरणका लागि साँझा यातायातले सेवा शुरु गर्नु भन्दा पहिला बस भित्र स्यानिटाइजर छर्केर मात्र आफ्ना सेवा शुरु गरेको छ।

यात्रुहरुको सुरक्षाका निमित्त साँझा यातायातले स्यानिटाइजर छर्केर मात्र बसहरु आफ्ना रुटमा निस्कने गरेको साँझा यातायातका निमित्त प्रमुख, कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिएका छन्। 

साँझा यातायातका अनुसार यही चैत्र १ गत्तेदेखि हरेक दिन सबै बसहरु सफा गरेर, स्प्रे छर्केर मात्र सार्वजनिक सेवाका लागि रुटमा निस्कने र खचाखच यात्रु नभर्ने गरी सेवा दिएका छौ। यात्रुहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यही अनुसार स्यानिटाइज गर्दै आएका छौ।

पाण्डेका अनुसार स्वास्थ्य विभागले जारी गरेको र हामी आफैले पनि तयार पारेको पर्चा, पम्पपेलेट स्वास्थ्य सम्बन्धी सूचना प्रवाह गरेका छौ। बसका चालक र परिचालकलाई स्वास्थ्य परीक्षण गरेर मात्र काममा लगाउने साथै माक्स लगाएर मात्र काममा लगाउने गरिएको छ। 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...