News Portal

भीम रावलले गरे राजनीतिक हिंसा र माओवादी विद्रोहमा विद्यावारिधि

हिमाली संचार संवाददाता
३७३ पटक

काठमाडौं ०४, २०७६ चैत : नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पनि नामका अघि डाक्टर लेख्न सक्ने भएका छन्। अछामबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका रावलले सोमबार त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी गरेका हुन्।

उनले नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोग बारे अनुसन्धान गरेका छन्। ‘आज मेरो भाइभा सकिएको छ,’ रावलले भने।

उनले आफ्नो अध्ययनका निष्कर्ष पनि संक्षिप्त रूपमा  सुनाए। ‘हाम्रो देशमा राजनीतिमा हिंसाको कसरी प्रयोग गरिएको छ। राजनीतिक पात्रहरूले आफ्नो उद्देश्य पूरा गर्न कति त्यो हिंसालाई कति क्रुरतासम्म लैजान सक्छ भनेर मैले अध्ययन गरेको छु,’ रावलले भने,‘पद र आफ्नो उद्देश्य पूरा गर्न विभिन्न समयमा राजनीतिक पात्रले निकै क्रुर भएको देखिन्छ।’

उनले एकातिर हिंसाले सधैँ नकरात्मक परिणाममात्र ल्याउने नभई कहिलेकाहीँ सोच्दै नसोचेको अग्रगामी परिवर्तन पनि ल्याउने आफ्नो अध्ययनबाट देखिएको बताए।

माओवादी द्वन्द्वमा पनि राजनीतिक हिंसाको प्रयोग भएको छ। ‘सुरूमा उहाँहरूले एकदमै उग्र नाराहरू दिएर राज्यसत्ता नै परिवर्तन गर्ने भनेर राजनीतिमा हिंसा मिसाउनु भयो,’ रावलले आफ्नो थेसिसको निष्कर्ष सुनाउँदै भने,‘तर पछिल्लो समय उहाँहरूले पूरै यु-टर्नमा ट्रयाक परिवर्तन गरेर संविधान सभा चुनाव हुँदै शान्तिपूर्ण राजनीतिमा आउनुभएको छ।

प्रतिकृया दिनुहोस्

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...