News Portal

भीम रावलले गरे राजनीतिक हिंसा र माओवादी विद्रोहमा विद्यावारिधि

हिमाली संचार संवाददाता
४१३ पटक

काठमाडौं ०४, २०७६ चैत : नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पनि नामका अघि डाक्टर लेख्न सक्ने भएका छन्। अछामबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका रावलले सोमबार त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधी गरेका हुन्।

उनले नेपालमा राजनीतिक हिंसा र माओवादी विद्रोहमा त्यसको प्रयोग बारे अनुसन्धान गरेका छन्। ‘आज मेरो भाइभा सकिएको छ,’ रावलले भने।

उनले आफ्नो अध्ययनका निष्कर्ष पनि संक्षिप्त रूपमा  सुनाए। ‘हाम्रो देशमा राजनीतिमा हिंसाको कसरी प्रयोग गरिएको छ। राजनीतिक पात्रहरूले आफ्नो उद्देश्य पूरा गर्न कति त्यो हिंसालाई कति क्रुरतासम्म लैजान सक्छ भनेर मैले अध्ययन गरेको छु,’ रावलले भने,‘पद र आफ्नो उद्देश्य पूरा गर्न विभिन्न समयमा राजनीतिक पात्रले निकै क्रुर भएको देखिन्छ।’

उनले एकातिर हिंसाले सधैँ नकरात्मक परिणाममात्र ल्याउने नभई कहिलेकाहीँ सोच्दै नसोचेको अग्रगामी परिवर्तन पनि ल्याउने आफ्नो अध्ययनबाट देखिएको बताए।

माओवादी द्वन्द्वमा पनि राजनीतिक हिंसाको प्रयोग भएको छ। ‘सुरूमा उहाँहरूले एकदमै उग्र नाराहरू दिएर राज्यसत्ता नै परिवर्तन गर्ने भनेर राजनीतिमा हिंसा मिसाउनु भयो,’ रावलले आफ्नो थेसिसको निष्कर्ष सुनाउँदै भने,‘तर पछिल्लो समय उहाँहरूले पूरै यु-टर्नमा ट्रयाक परिवर्तन गरेर संविधान सभा चुनाव हुँदै शान्तिपूर्ण राजनीतिमा आउनुभएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...