News Portal

कोरोनाको कारण मेयरको मृत्यु, १५० बढी देशमा फैलियो कोरोना

हिमाली संचार संवाददाता
५०८ पटक

इटाली १६, २०२० मार्च : बिश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार ५ सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

एकै दिनमा कोरोनाले ६ सय ८२ जनाले ज्यान गुमाएका छन्। इटालीमा विगत २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै इरानमा थप १ सय १३ जनाको ज्यान गएको छ। त्यस्तै स्पेनमा ९६ जनाको मृत्यु भएको छ।

उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो।

फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन्। यसैबीच इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९ पुगेको छ। थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ।

त्यस्तै इटालीपछि बढी प्रभावित रहेको इरानमा थप १ हजार २ सय ९ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ।

त्यस्तै जर्मनीमा आइतबार मात्रै थप १ हजार २ सय १४ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ। जर्मनीमा सोमबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय १३ संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा चीनमा १४ जनामा संक्रमण देखिएको छ भने १४ जनाको मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २/२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा १/१ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा जम्मा ६ सय ८२ को मृत्यु भएको छ भने थप १२ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ। कोरोनाको संक्रमणबाट १ लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिँदा ७७ हजारभन्दा बढी निको भइसकेका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...