News Portal

इरानमा कोरोनाका कारण ५ सय जनाको मृत्यु, कुवेतमा एक सय बिरामी

हिमाली संचार संवाददाता
७३९ पटक

एजेन्सी १५, २०२० मार्च : इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो।

बिहीबारसम्म ४२९ रहेको मा बढेर सो सङ्ख्या नाघेको हो। यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ। तीमध्ये तीन हजार ५२९ जना निको भएर घर फर्किएको छन्।

कोरोनाको सम्भावना देखिएकी इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अक्बर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ।

मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ। इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्ति पनि कोरोनाको सङ्क्रमण देखिएको छ।

इजरायलमा १४३ जनाका सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरवका कुल बिरामीमध्ये १४ जना इजिप्ट नागरिक भएको जनाएको छ।

कुवेतमा कूल १०० जना बिरामी भएका छन्। लेवनानमा थप छसहित कूल ७७ बिरामी भएका छन्। मध्यपूर्वका अन्य देशमा पनि सङ्क्रमित छन्, तर थोरै छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...