News Portal

  • सिम्तामा शैक्षिक गुणस्तर खस्कदो, राजनीतिमा सक्रिय शिक्षकलाई गाउँपालिकाकै संरक्षण

    हिमाली संचार संवाददाता
    ६३५ पटक

    सुर्खेत २८, २०७६ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिम्ता गाउँपालिका–१ को समायोजन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भयो। चित्र बहादुर बुढाको नेतृत्वमा २९ जना सदस्यले सपथ खाएका छन्।

    समायोजन तथा सपथ ग्रहण कार्यक्रममा एउटा अनौठो दृश्य देखियो, शिक्षकलाई राजनीति गर्न प्रतिबन्ध गरे पनि सुर्य ज्योति माविका प्रधानाध्यापक शिवलाल शर्मा नेकपाको कार्यक्रममा अतिथिको रूपमा उक्त सहभागी भएका छन्।

    नेपालको कानुनले शिक्षकहरुलाई खुलारुपमा राजनीति गर्न मनाही गरेको छ, तर गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसीसमेत सहभागी कार्यक्रममा खुलेआम शिक्षकलाई विद्यालय छोडाएर राजनीतिमा सक्रिय गराउन स्थानीय सरकारका प्रमुख स्वयं गैरकानुनी कार्यलाई मलजल गर्दै आएको एक स्थानीय युवाले आरोप लगाए। दुई दशक अघि देखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका शिवलाल शर्मा सक्रिय राजनीतिमा पनि सामेल छन्।

    पछिल्लो ५ वर्षयता शिवलाल शर्मा नेतृत्व गरिरहेको विद्यालयबाट एसइई परीक्षमा एकजना पनि पास नभएको पाइएको छ। यसरी शिक्षकहरु पठनपाठन छोडेर राजनीतिक दलको झोला बोकेर हिँडेका कारण शैक्षिक संस्थाहरु कमजोर बन्दै गएका छन्।

    यो पनि पढ्नुहोस।

    शिक्षकहरु उपभोक्ता समितिमा, स्थानीयलाई हकार्छ गाउँपालिकाको न्यायीक समिति !

    सार्वजनिक संस्थालाई घरायसी बनाउने खेलमा सिम्ता गाउँपालिकाका सरकार प्रमुख मलजल गरिरहनुले पनि स्थानीय सरकार शैक्षिक उन्नतिभन्दा दुर्गतितर्फ उन्मुख भएको पाइएको छ।

    सूर्य ज्योति माध्यमिक विद्यालयमा कार्यरत ३ जना शिक्षकहरु विभिन्न उपभोक्ता समितिमा बसेको पाइएको हो। विद्यालयको कामलाई समेत प्रभावित पारेर शिक्षकहरु लामो समयदेखि उपभोक्ता समितिहरुका विभिन्न पदमा बस्दा विद्यालयको पठनपाठनमा गम्भीर असर परेको छ।

    विद्यालयका शिक्षकहरु तिलकप्रसाद शर्मा, इन्द्रबहादुर राना र चित्रबहादुर खत्री विकास निर्माण, वन उपभोक्ता समूहरुमा बसेका छन्।

    शिक्षक शर्मा विभिन्न ५ वटा उपभोक्ता समितिको पदमा बसेका छन्। उनी सीमा साल्झरी खानापनी योजना उपभोक्ता समितिको अध्यक्ष, तारकुला सिचाईँ कुलो उपभोक्ता समितिको अध्यक्ष, औलझ्यामा सामुदायिक वन समितिको उपाध्यक्ष, सूर्य ज्योति कृषि सहकारीको अध्यक्ष र काँक्रेतरा सिचाईँ कुलोको अध्यक्ष हुन्।

    पाँचवटा समितिमा बस्दा उनले आफ्नो मूल पेशा शिक्षणलाई कम प्राथमिकता दिएको स्थानीयहरु बताउँछन्।

    यसैगरी विद्यालयका निमित्त प्रधानध्यापकसमेत रहेका इन्द्रवहादुर राना पनि २ वटा उपभोक्ता समितिको पदाधिकारी छन्। उनी सुन्तोला सामुदायिक वन उपभोक्ता समितिको कोषाध्यक्ष र टाटे सिचाईँ कुलो निर्माण समितिको सचिव हुन्।

    अर्का शिक्षक चित्रबहादुर खत्री पनि ३ वटा समितिको पदाधिकारी हुन्। उनी राम्री सामुदायिक वन उपभोक्ता समितिको सहसचिव, हाब्रेचुली वन समितिको सदस्य र सिम्ता स्तरीय अर्गानिक कृषि समितिको सदस्य हुन्।

    शिक्षकहरु अन्य समितिमा आवद्ध हुन थालेपछि विद्यालयको शैक्षिक गुणस्तर खस्केको स्थानीय अभिभावकहरु बताउँछन्। साथै मूल पेशाभन्दा अन्य पेशामा शिक्षकहरु केन्द्रीत भएपछि आलोचनासमेत हुन थालेको छ।

    स्थानीय युवाहरुले कबिन्द्र कुमार केसी सरकार प्रमुख रहेको तर शिक्षकहरुलाई खुलेआम राजनीति गर्न प्रेरित गरिरहेका कारण उनको नेतृत्वमा शैक्षिक सुधार नहुने दावी गर्दै आएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...