News Portal

जनतासँग चिया कार्यक्रम गरेपछि रंगेली प्रहरी मुद्दामा कमी, प्रहरी परिसर सुनशान

रबिन्द्र बराल
२६५ पटक

२८ फाल्गुन २०७६

मोरङ। ईलाका प्रहरी कार्यलय रंगेलीले सन्देश एवम् चेतनामूलक कार्यक्रम सञ्चालन गरे पछि पुर्वि माेरङकाे शान्ति शु-व्यवस्था सुदृढ हुनथालेको छ । 

ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो माहातहत्मा रहेका  स्थानीय तहमा गएर जनतासँग चिया प्रहरी कार्यक्रम गरेपछि बिगतका दिनहरु भन्दा अहिले अपराधीकका घटनाहरुमा कमि आउन थालेको छ। 

प्रहरीले  गाउँघर चाेक-चाेक गएर अशिक्षित तथा मध्यमबर्गका स्थानीयहरुलाई शान्ति सुरक्षा, अपराधका घटना, बलत्कार, चेलिबेटी बेचबिखन , लागुऔषध लगायतका  बिषयमा जनचेतनामूलक  कार्यक्रमहरु गााउँमै पुगेर जनतासंग चिया कार्यक्रम सञ्चालन गरे पछिल्लो समयमा ईलाका प्रहरी कार्यलय रंगेलीमा हरेक मुद्धामा कमि आएको छ । 

रंगेली प्रहरीमा गत  बर्षमा  शिक्षा ऐन, चाेरी, अवद्रह ब्यवहार, मानव ओसारपोसार, जवरजस्ति करणी लागायतका  २ सय १० जना बिरुद्ध मुद्दा दर्ता गरेर कारबाही गरेकाे थियोे ।  यस बर्षकाे असार मसान्त देखि हाल सम्ममा सवारी दुर्घटना,आगजनी, कुटपिट लगायत गरि ७६ जना बिरुद्ध मुद्दा दर्ता  गरिएको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।    

बिगतका दिनहरुमा ईलाका प्रहरी कार्यलयमा रहेको थुनुवा कक्षमा भरिभराउ थुनुवाहरु  हुने गरेता पनि पछिल्लो समयमा भने थुनुवाहरु समेत एक दुई जना मात्रै रहेको छन । बिगतका दिनहरुमा प्रहरी कार्यलयमा मुद्दा मामिला मिलाउन राजनीतिक दलका  कार्यकर्ता देखि बुद्धिजीवी, समाज सेवि हरु समेत प्रहरीमा धाउने गरेता पनि अहिले भने  त्यसमा कमि समेत आएको छ ।  पिडित का आफन्तहरु स्वयंमै प्रहरी प्रमुखलाई भेटने र आफै सबै कुरा खुलेरै बताउन थाले पछि राजनीतिक दलका कार्यकर्ता  आवतजावतमा समेत कमि आएको छ ।

जनातासंग प्रहरी कार्यक्रमका कारणले समेत सामुदायिक प्रहरी समेत अहिले मुद्दा मामिला समेत कम आउन थालेको सामुदायिक प्रहरीका अध्यक्ष मचिन्द्र कटुवालले बताए । ईलाका प्रहरी कार्यलयले रंगेली  नगरपालिका, घनपालथान गाउँपालिका र सुनबर्सि नगरिपालीकामा गइ जनतासंग प्रहरी कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...