News Portal

कोरोनाअपडेट : नेपालसहित १४ देशबाट कतार प्रवेशमा प्रतिबन्ध

हिमाली संचार संवाददाता
४८७ पटक

(Hamad International Airport Qtar)


एजेन्सी(कतार) : कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। कतारको सरकारले आइतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो।

यो प्रतिबन्ध आज मार्च ९ बाट लागु हुने भएको छ। यो प्रतिबन्ध चीन, इजिप्ट, इन्डिया, इरान, इराक, लेवनान, बंगालादेश, पाकिस्तान, नेपाल, फिलिपिन्स, साउथ कोरिया, श्रीलंका, सिरिया र थाइल्याण्डबाट कतार आउनेहरुमाथि लगाइएको छ।

कतार एयरवेजले इटली जाने र इटलीबाट आउने उडानहरु रद्द गरिसकेको छ। कतारमा आइतबार थप तीनजनामा कोरोना संक्रमण पाइएपछि संक्रमितको संख्या १५ पुगेको छ।

विश्वभर कोरोना संक्रमणबाट मृतकको संख्या ३ हजार ८ सय ५ पुगेको छ। पछिल्लो अपडेट अनुसार एकैदिनमा थप २ सय ६ को मृत्यु भएको हो।

यसैबीच कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै १ करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको छ।

उनीहरूलाई अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयास अन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन्।

युरोपेली मुलुकमध्ये इटलीमा कोरोना भाइरस सङ्क्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। कोभिड १९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या ३६६ पुगेको छ भने पछिल्लो अपडेट अनुसार थप १३३ को मृत्यु भएको बताईएको छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...