News Portal

पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी १२ वर्षपछि पक्राउ

हिमाली संचार संवाददाता
३०८ पटक

बारा २५, २०७६ फागुन : बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार १२ बर्षपछि पक्राउ परेका छन्।

गएराति विशेष सूचनाको आधारमा बाराको बारागढी गाउँपालिका–६ गडहलगाउँस्थित घरैबाट फौजदार पक्राउ परेका हुन्।

२०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाउँ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेका थिए।

साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए।

अपहरित पत्रकारको अवस्था सार्वजनिक गर्न अन्तर्राष्ट्रियस्तरमा आवाज उठ्न थालेपछि खोजतलास गर्दैजाँदा अपहरणको झण्डै एक महिनापछि प्रहरीले पत्रकार बिरेन्द्र साहको शव फेला पारेको थियो।

बाराको पिपरा गाउँबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो।

साहको हत्यामा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेललगायत दुई जनालाई यस अघि नै प्रहरीले पक्राउ गरिसकेको थियो।

१२ बर्षपछि पक्राउ परेका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन्।

स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्बाददाता थिए।

प्रतिकृया दिनुहोस्

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...