News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाल प्रेस युनियन धादिङको अध्यक्षमा पुनः अधिकारी चयन

    हिमाली संचार संवाददाता
    ३८५ पटक

    धादिङ २४, २०७६ फागुन : नेपाल प्रेस युनियन धादिङले आफ्नो नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ। युनियनको आठौं अधिवेशनले केन्द्रिय सदस्य डा.मुरारी अधिकारीको संयोजकत्वमा संस्थापकद्वय सिताराम वर्मा र राजेन्द प्रताप शाह रहेको सिफारिस समिति गठन गरेको थियो। समितिले सबैसँग सरसल्लाह गरि नेतृत्वको घोषणा गरेको हो।

    समितिका संयोजक डा. अधिकारीका अनुसार युनियनको अध्यक्षमा पुनः पोषनाथ अधिकारीलाई चयन गरेको छ। अधिकारी कान्तिपुर टेलिभिजनका उपसम्पादक हुन्। यसै गरि उपाध्यक्षमा कृष्ण शिशिर र महिला उपाध्यक्ष गोमा थापा चयन भएका छन्।

    शिशिर रेडियो धादिङ र दिव्यदर्शन टेलिभिजनमा अनुभव लिनुको साथै कुशल उद्घोषक पनि हुन्। उनी यस अघि पनि युनियनको उपाध्यक्षकै जिम्मेवारीमा थिए।

    त्यसै गरि अर्का उपाध्यक्ष थापा पिजन खबरका सम्पादक र सगरमाथा टेलिभिजनका धादिङ प्रतिनिधि हुन्। उनी यसअघि युनियनका सचिव रहिसकेकी छिन्।

    त्यसैगरि सचिवमा रहेका मनिष दुवाडी अन्नपूर्ण पोष्ट र एपी वान टेलिभिजनमा कार्यरत छन्। उनी यसअघि युनियनको कोषाध्यक्षको जिम्मेवारी समालिसकेका छन्।

    कार्यसमितिको सहसचिवमा रहेका सन्तोषराज श्रेष्ठ जनता टेलिभिजनमा कार्यरत छन्। त्यस्तै कोषाध्यक्षमा रहेकी दिपा अधिकारी रेडियो धादिङको समाचार वाचनको अनुभव लिइसकेकी छिन्।

    यसै गरि कार्यसमितिको सदस्यहरुमा मोहनबहादुर कडेल, प्रमोद भट्ट, सीता सापकोटा, मनिष श्रेष्ठ, विश्वदीप डल्लाकोटी, सरिता नेपाली र कल्पना श्रेष्ठ रहेका छन्।

    नेपाल प्रेस युनियनको आगामी चैत २१ गते हुने केन्द्रिय निर्वाचन तथा महाधिवेसनमा भाग लिन १४ सदस्यीय पार्षद पनि सर्वसम्मतले छनौट गरिएको छ।

    पार्षदहरुमा प्रेस स्वतन्त्रता सेनानी सीतारामप्रसाद बर्मा, नेपाल पत्रकार महासंघका जिल्ला पुर्व सभापती राजेन्द्रप्रताप शाह, दीपक कोइराला, सीता अधिकारी, कृष्ण शिशिर, काजी श्रेष्ठ, मनिष दुवाडी, मोहनबहादुर कडेल, प्रमोद भट्ट, गोमा थापा, हरि सिलवाल, दीपा अधिकारी, रीता लम्साल र शिखा श्रेष्ठ छनोट भएका छन्।

    नवगठित पदाधिकारीहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिती धादिङले स्वागत तथा सफलताको शुभकामना दिएको छ। नेपाल प्रेस युनियनको नवगठित कार्यसमितीलाई नेपाली कांग्रेस जिल्ला कार्य समितीका सभापती रमेश धमला र उपसभापति भक्त लामाले स्वागत तथा वधाई दिनु भएको थियो।

    उक्त स्वागत कार्यक्रममा प्रजातान्त्रिकधारका पत्रकारहरुलाई संचारमाध्यममा टिकाई राख्न विभिन्न मिडिया हाउसहरुको प्रबर्द्धन गर्नुपर्ने कुरामा जोड दिईएको थियो।

    तस्वीर : पिजनखवर

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १२, २०८२ (मे २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाल परोपकार समाज कुवेतको अधिवेशन अगष्ट ८ मा हुने

    कुवेत — नेपाल परोपकार समाज कुवेतको चौथो अधिवेशन तथा पाँचौं साधारण सभा आगामी ८ अगष्ट...

    रोशनी शाहीको मृत्यु : न्याय खोज्दाको अन्तिम यात्रा यहीं टुंगियो

    काठमाडौं, जेठ ११ – भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित एक डेराबाट आइतबार दिउँसो एक महिला मृत...

    ओलीको खुलासा : ‘३२ अर्बको हल्ला प्रचण्डको डिजाइन, माधव–झलनाथको समर्थन’

    काठमाडौं, जेठ ११ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै काठमाडौँमा आयोजित...

    तीनकुने प्रदर्शन प्रकरण : ६५ जनामाथि मुद्दा दायर, दुर्गा प्रसाईं, रवीन्द्र मिश्रलगायत ११ जना अझै फरार

    काठमाडौं, जेठ ११ – चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनले राजनीतिक तथा सामाजिक...