News Portal

  • वडाध्यक्षले कार्यालय सहयोगी चौधरीलाई कुटेपछी…

    हिमाली संचार संवाददाता
    २८९ पटक

    सुरेश श्रेष्ठ
    तुलसीपुर २३, २०७६ फागुन : दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले उजुरी दर्ता गराएका छन्।

    चौधरीले शुक्रबार वडाध्यक्ष सार्कीविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन्। वडाध्यक्ष सार्कीले आफूलाई कार्यालयमा घोक्राई कुटपिट गरेको चौधरीले आरोप लगाएका छन्।

    तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित सार्की बेलाबेला विवादमा पर्दै आएका छन्। वडाध्यक्ष सार्की हाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता पनि हुन्।

    निवेदनमा चौधरीले वडाध्यक्ष सार्कीलाई पक्राउ गरी तत्काल कारवाही गर्न माग गरेका छन्। चौधरी बिगत २५ वर्षदेखि कार्यरत स्थायी कार्यालय सहयोगी हुन्।

    चौधरीको निवेदनमा वडाध्यक्ष सार्कीले आफूलाई तथानाम गाली गलौज गरी आफूलाई बिनाकारण बारम्वार धम्काउने गरेको आरोप लगाइएको छ। कार्यालय सहयोगी चौधरीले यसअघि पनि वडाध्यक्ष सार्कीले आफूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको बताएका छन्।

    वडाध्यक्ष सार्कीले आफूलाई कार्यालयभित्रै बिनाकारण कुटपिट गरेको बताएका छन्। वडाध्यक्ष सार्कीको गलत व्यवहारप्रति स्थानीयले विरोध गर्दै वडा कार्यालयमा ताला समेत लगाएका थिए।

    स्थानीयले लगाएको ताला प्रहरीले फोडेको थियो। वडाध्यक्ष सार्कीले स्वास्थ्यका विषयमा छलफल गर्न टोल विकास संस्थाका अध्यक्षहरूलाई खबर गर्न आफूले दिएको निर्देशनको कार्यान्वयन नभएपछि आवेगमा घटना भएको स्वीकार गरेका छन्।

    घटनाका बारेमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयले सोमबार दुबै पक्षलाई बोलाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

    टोकियो, असार ३१ — गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा...

    भारत लगेर युवती कुबेतमा बेचिन्, बुटवलकी बिष्णु माया पक्राउ परिन् !

    मंगलबार, असार ३१, २०८२ काठमाण्डौ। ८ बर्षअघि युवतीहरुलाई भारतको बाटो हुँदै कुबेतमा बेच्ने एक जना महिलालाई...

    आज २०८२ साल असार ३१ गतेको राशिफल

    आज असार ३१, २०८२ (जुलाई १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...