News Portal

काँग्रेसमा तत्कालीन लोकतान्त्रिकबाट ११ केन्द्रीय सदस्य मनोनीत

हिमाली संचार संवाददाता
४२० पटक

काठमाडौँ, २३ फागुुन (रासस) ः नेपाली काँग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको यसअघिको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले उक्त मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय सदस्यमा मनोनयन हुनेमा रामजनम चौधरी (कैलाली), नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), गोपाल दहित (बर्दिया), मङ्गलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ), हरिप्रसाद न्यौपाने (मोरङ), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ), रहनुभएको छ ।

तत्कालीन लोकतान्त्रिक फोरमलगायत अन्य राजनीतिक दलको साङ्गठनिक संरचना समायोजनका लागि काँग्रेसद्वारा यसअघि गठित समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...