News Portal

काँग्रेसमा तत्कालीन लोकतान्त्रिकबाट ११ केन्द्रीय सदस्य मनोनीत

हिमाली संचार संवाददाता
४६० पटक

काठमाडौँ, २३ फागुुन (रासस) ः नेपाली काँग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको यसअघिको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले उक्त मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय सदस्यमा मनोनयन हुनेमा रामजनम चौधरी (कैलाली), नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), गोपाल दहित (बर्दिया), मङ्गलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ), हरिप्रसाद न्यौपाने (मोरङ), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ), रहनुभएको छ ।

तत्कालीन लोकतान्त्रिक फोरमलगायत अन्य राजनीतिक दलको साङ्गठनिक संरचना समायोजनका लागि काँग्रेसद्वारा यसअघि गठित समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...