News Portal

तपाइको राशिफल : आज २०७५ साल भाद्र १० गते आइतवार, तदअनुसार अगष्ट २६, २०१८

हिमाली संचार संवाददाता
६४६ पटक

– ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष : शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साथीभाईको सहयोग मिल्नेछ ।

वृष : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

मिथुन : नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट : अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ ।

सिंह: प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । जोश जाँगर र उमंग बढ्ला ।

कन्या : शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

तुला : नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

वृश्चिक : सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

धनु : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

मकर : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । भूमि लाभ रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ : दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । रमाइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन लाग्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

मीन : झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यात्रा गर्दा सचेत हुनुपर्नेछ । यात्रामा मालसामान हराउन सक्छ ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...