News Portal

टिपर आतंक : एकै परिवारका दुईजनाको मृत्यु

हिमाली संचार संवाददाता
३४४ पटक

काठमाडौं -टिपरको ठक्करबाट विराटनगर– १९ मिलनचोकमा एकै परिवारका दुईजनाको मृत्यु भएपछि आन्दोलित बनेका स्थानीयले अवरुद्ध गरेको सडक १८ घण्टापछि खुलेको छ ।

मंगलबार राति विराटनगर– १९ मिलनचोकमा आफन्तको विवाहमा सहभागी भएर घर फर्कदै गरेका बाबुराम सरदार र उनकी ६ वर्षकी नातिनी आरोही सरदार सवार अटोलाई टिपरले ठक्कर दिएको थियो ।

विराटनगरको घिनाघाट– विराटचोक सडक खण्डको मिलनचोकमा को १ ख २९१७ नम्बरको टिपरले मिलचोकबाट झोराहाट तर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई ठक्कर दिँदा चालक बाबुराम र उनकी नातिनी आरोहीको घटनास्थलमै मृत्यु भएको थियो ।

मत्युपछि आक्रोशित बनेका स्थानीयले मंगलबार राति नै टिपरमा आगजनी गरी सडक अवरुद्ध बनाएका थिए ।

मंगलबार साँझ नातिनीलाई लिएर बाबुराम सालीको छोरीको विवाहमा पुगेका थिए । विवाहबाट राति करिब नौ बजे उनी घरतर्फ फर्किएका थिए ।

मिलनचोकका दुर्घटनाको आवाज सुनेपछि स्थानीय घटनास्थल पुगेका थिए । त्यतिबेला बाबुराम र उनकी नातिनीको शव विभत्स अवस्थामा देखिएको स्थानीय चन्द्रनारायण सरदारले बताए ।

बाबुरामले केही महिनाअघि मात्र अटो खरिद गरेका थिए । बिहेमा जाने भनेपछि जेठी छोरीकी छोरी आरोही उनीसँग आएकी थिइन् । तीब्र गतिमा विराटनगरतर्फ आउँदै गरेको टिपरले ठक्कर दिएका कारण हजुरबुबा नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

छिमेकी अनिरुद्र सरदारका अनुसार आरोही कक्षा १ मा पढ्दै थिइन् । उनका बुबा किरण काठ मिलमा काम गर्छन्, आमा सविता भने गृहिणी हुन् ।

आक्रोशित स्थानीयले मंगलबार राति नै टिपरमा आगजनी गरी सडक बन्द गरेका थिए । प्रहरीले स्थानीयको अवरोधका बाबजुद मंगलबार राति करिब २ बजे शव उठाएर अस्पताल पुर्‍याएको थियो ।

स्थानीयले बुधबार विहानैदेखि दिउँसो तीन बजेसम्म विराटचोक– घिनाघाट सडकको मिलनचोक खण्डमा मोटरसाइकल समेत सञ्चालन हुन दिएनन् ।

स्थानीय प्रशासनमा भएको छलफलपछि दिउँसो आफन्तले शव बुझेका छन् । आफन्तले शव बुझेपछि सडकको जाम खुलेको मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...