काठमाडौँ — कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार ४ जना भर्ना भएका छन् । भर्ना हुनेमा कोरिया, आबुधाबी र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक छन् ।
‘चारै जनामा कोरोनाको परीक्षण बिहिबार गरिने छ’, अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले भने,‘तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्काइटिस जस्तो देखिएको छ ।’
मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो ।