News Portal

लागूऔषध तस्करले बनाए अमेरिकादेखि मेक्सिकोसम्म १८० मिटर लामो सुरुङ

७०६ पटक

लागूऔषध सप्लाई गर्नको लागि तस्करहरुले अमेरिकादेखि मेक्सिकोसम्म सुरुङ खनेको पाइएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकाको एरिजोनामा ड्रग्सको तस्करीको लागि बनाइएको सुरुङ पत्ता लगाएका हुन् ।

यो सुरुङ करिब १८० मिटर लामो छ । यो सुरुङ अमेरिकाको सेन लुई शहरको एक पुरानो केएफसी रेष्टुरेन्टको बेसमेन्टबाट मेक्सिकोको लुइस रिओ कोलोराडो शहरको एक घरसम्म पुग्छ । प्रहरीले सुरुङ पत्ता लगाएलगत्तै दक्षिण एरिजोनास्थित उक्त घरको धनीलाई पक्रेको छ ।

केवाईएमए न्यूजका अनुसार इवान लोपेज नामक एक व्यक्ति पक्राउ परेपछि अमेरिकी अधिकारीहरुले अलर्ट जारी गरेका थिए । विशेष तालिमप्राप्त कुकुरहरुले प्रहरी अधिकारीहरुलाई लोपेजको गाडीसम्म पुर्‍याए जहाँबाट लागूऔषधले भरिएका दुई डब्बा बरामद भयो । जाँचकर्ताका अनुसार उक्त डिब्बामा २१ किलो हेराइन, ६ ग्राम कोकिन, तीन किलो फेन्टानिल र ११८ किलो मेथामफेटमिन बरामद भएको थियो । त्यसको मूल्य सात अर्ब रुपैयाँभन्दा बढी रहेको अनुमान छ ।

जाँचकर्ताहरुले लोपेजको घर र पुरानो केएफसीमा छानबिन गर्दा सुरुङ केएफसीको किचनमा सुरुङ फेला परेको र त्यो सुरुङ मेक्सिकेको एक घरको बिस्तारामा अन्त्य भएको पाइएको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...