News Portal

लागूऔषध तस्करले बनाए अमेरिकादेखि मेक्सिकोसम्म १८० मिटर लामो सुरुङ

७५३ पटक

लागूऔषध सप्लाई गर्नको लागि तस्करहरुले अमेरिकादेखि मेक्सिकोसम्म सुरुङ खनेको पाइएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकाको एरिजोनामा ड्रग्सको तस्करीको लागि बनाइएको सुरुङ पत्ता लगाएका हुन् ।

यो सुरुङ करिब १८० मिटर लामो छ । यो सुरुङ अमेरिकाको सेन लुई शहरको एक पुरानो केएफसी रेष्टुरेन्टको बेसमेन्टबाट मेक्सिकोको लुइस रिओ कोलोराडो शहरको एक घरसम्म पुग्छ । प्रहरीले सुरुङ पत्ता लगाएलगत्तै दक्षिण एरिजोनास्थित उक्त घरको धनीलाई पक्रेको छ ।

केवाईएमए न्यूजका अनुसार इवान लोपेज नामक एक व्यक्ति पक्राउ परेपछि अमेरिकी अधिकारीहरुले अलर्ट जारी गरेका थिए । विशेष तालिमप्राप्त कुकुरहरुले प्रहरी अधिकारीहरुलाई लोपेजको गाडीसम्म पुर्‍याए जहाँबाट लागूऔषधले भरिएका दुई डब्बा बरामद भयो । जाँचकर्ताका अनुसार उक्त डिब्बामा २१ किलो हेराइन, ६ ग्राम कोकिन, तीन किलो फेन्टानिल र ११८ किलो मेथामफेटमिन बरामद भएको थियो । त्यसको मूल्य सात अर्ब रुपैयाँभन्दा बढी रहेको अनुमान छ ।

जाँचकर्ताहरुले लोपेजको घर र पुरानो केएफसीमा छानबिन गर्दा सुरुङ केएफसीको किचनमा सुरुङ फेला परेको र त्यो सुरुङ मेक्सिकेको एक घरको बिस्तारामा अन्त्य भएको पाइएको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...