News Portal

  • रंगेली नगरपालिकाले ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्याे (फोटोफिचर)

    रबिन्द्र बराल
    २७८ पटक

    मोरङ। माेरङकाे रंगेली नगरपालिकाले ५० जना अपांगहरुलाई निशुल्क कृतिम हातखुट्टा प्रत्यारोपण गर्न सहयोग गरेको छ। नगरपालिकाकाे सभाहलमा एककार्यक्रमकाे आयोजना गर्दे   अपांगहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्न सहयोग गरेको हाे।

    नगरपालिकाले अपांगहरुलाई हुईल्चियर, कृतिम हातखुट्टा, बैशाखी, बेड, लगायतका सामाग्रीहरु वितरण गरेको थियो । नगरपालिकाले दुई महिना अगाडि अपांगहरुकाे स्वास्थ्य चेकजाँच गरेसंगै हातखुट्टा नभएका व्यक्तिहरुलाई कृतिम हातखुट्टा प्रत्यारोपण गर्ने जानकारी दिएको थियो।

    सि.बि.आर बिराटनगरकाले दुई महिना अगाडि  दिएकाे आश्वासन पूरा गरेको  स.बि.आर’का प्रवन्धक रञ्जना दाहालले बताए । रंगेली नगरपालिकाले ९ लाख तथा सि.बि.आर बिराटनगरकाे १ लाख रुपैयाँको सहयोगमा ५० जना अपांगहरुलाई कृतिम हातखुट्टा राख्न सहयोग गरिएको कार्यकारी  अधिकृत टाेम प्रसाद सुवेदीले जानकारी दिएको हो ।

    सि.बि.आर बिराटनगरकाे प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुकाे लागि नाप जाँच तथा चेकजाँच लिएर कृतिम हातखुट्टा प्रत्यारोपण गरेको हाे । कार्यक्रमकाे प्रमुख अतिथि  रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, बिषिष्ट अतिथि कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, अतिथिहरुमा बडा अध्यक्ष रामचन्द्र मंन्डल, वडाका प्रतिनिधि, बुद्धिजीवी लागायतकाे समेत उपस्थिति रहेको थियोे ।

    बगडियाले  भने नगर क्षेत्रका अपांगहरुलाई आवस्यकता अनुसार कृतिम हातखुट्टा हुईलच्यर जस्ता सामग्री आफ्नै लगानीमा वितरण गर्ने साथै अरु थप अपांगहरु भएमा पहिचान गरी  उनीहरुलाई समेत कृतिम हातखुट्टा प्रत्यारोपण गर्ने  प्रतिबद्धता समेत व्यक्त गरेका छन । 

    नेपाल सरकारले अपांगहरुलाई चार खण्डमा विभाजन गरेको छ । राताे कार्ड भएका ब्यक्तिहरुलाई पुर्णअपांग, निलाे कार्डलाई अतिअशक्त, पहेलाे कार्डलाई मध्यम र सेताे कार्ड भएका अपाङलाई सामान्य अपाङ भनेर वर्गीकरण गरेको छ। रंगेली नगरपालिका भित्रमा करिब छसय अपांगहरु रहेका छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...