News Portal

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई झापाली युवाहरुद्वारा सहयोग

हिमाली संचार संवाददाता
५१३ पटक

झापा– धुर्मुस सुन्तली फाउन्डेसनको अग्रसरतामा चितवनमा जनस्तरबाट निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि झापाली युवाहरू सहयोग जुटाउन सक्रियतापुर्वक खटिएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण गर्न ३ अरबभन्दा बढी खर्च लाग्ने र सो अभियानमा झापालीहरुको पनि योगदान हुनुपर्छ भन्ने सोच राखेर झापा जिल्लाको गरामनी क्षेत्रका युवाहरुले एक समिति गठन गरेर आर्थिक संकलन अभियान चलाएको अभियानका अध्यक्ष प्रदिपकुमार संग्रौला माइनसप्लसले बताएका छन् । गरामनीका युवाहरुको सकारात्मक सोचलाई मन पराएर अन्य जिल्लाका बासिन्दादेखि वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा पुगेका मात्रै होइनन्, युरोप, अमेरिका र दक्षिण कोरिया देशहरुबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको अभियान अध्यक्ष संग्रौलाले जानकारी दिएका छन् । अध्यक्ष संग्रौलाका अनुसार गरामनीबासीले स्वतस्फूर्त सहयोग गरिरहेको र झापाकै अन्य क्षेत्रहरुबाट पनि सहयोग गर्ने प्रतिबद्धता आउने क्रम जारी रहेको छ ।
उनका अनुसार युएईबाट उल्लेख सहयोगको प्रतिबद्धता आएको र त्यसलाई एकत्रित गरी चितवन पुगेर धुर्मुस-सुन्तलीकै हातमा यो सहयोग हस्तान्तरण गर्ने समितिको योजना रहेको छ ।
गरामनीका युवाहरु र अग्रजहरुको एक बृहत भेलाले एक आर्थिक सहयोग संकलन समिति गठन गरी र धुर्मुस-सुन्तली फाउन्डेसनबाट आधिकारिक पत्र पाएर यो अभियान सुरु गरिएको अर्थ संकलन अभियानका सचिव सोभित तिवारीले जानकारी दिएका छन् ।
यो अभियानमा १०६ जनाले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् भने ६० जनाले आफुले कबुल गरेको रकम जम्मा गरिसकेका छन् । अहिलेसम्म करिब ८० हजार रुपैयाँ जम्मा भएको र आगामी फागुन २५ गतेसम्म प्रतिबद्धता गरिएका रकम संकलन गरिसक्ने समितिको योजना छ ।
यो अभियानमा न्युनतम २ सय रुपैयाँ पनि सहयोग प्राप्त भएको छ भने अहिलेसम्मकै ठुलो सहयोग अमेरिकाबाट दिपक पाण्डेले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको अभियान अध्यक्ष संग्रौलाले जानकारी दिएका छन् ।

को को छन् सहयोग संकलन समितिमा ?
गरामनीका युवाहरु तथा अग्रजहरुको एक भेलाले चितवनमा बन्न लागेको रंगशालाको सहयोगार्थ प्रदीपकुमार संग्रौला माइनस प्लसको संयोजकत्वमा एक समिति सर्वसम्मत चयन गरेको थियो । लामो समयको वैदेशिक रोजगारीपछि नेपाल फर्किएर गाउँघरमै व्यावसायिक कृषिकर्म गरिरहेका सक्रिय युवा माइनसप्लस संग्रौलाले योभन्दा अगाडि डाेले आवास निर्माण, सिपमुलक तालिम लगायतका काममा आफ्नो सफलता प्रमाणित गरिसकेका छन् ।

यो समितिको सचिवमा सोभित तिवारी, सहसचिवमा बिनोद उप्रेती, कोषाध्यक्षमा हरि बराल र सदस्यहरुमा सबिना संग्रौला, चिरञ्जीवी अधिकारी, उतम दाहाल, अशोक प्रसाईं, र कमल मैनाली रहेका छन् ।

सोही भेलाले एक सल्लाहकार समिति पनि गठन गरेको थियो । उक्त समितिको प्रमुख सल्लाहकारमा उत्तम कटुवाल र सदस्यहरुमा भुपाल बुढाथोकी र रोहित ओली रहेका छन् । यस सल्लाहकार समितिका प्रमुख उत्तम कटुवालका अनुसार गरामनीका युवाहरुको सहयोगलाई उदाहरण मानेर सबै गाउँहरुबाट यसैगरी सहयोग जुटाउने हो भने रंगशाला निर्माण अझ सहज र छिटो हुने छ ।

सहयोग संकलन समितिले सबै दाताहरुको अभिलेख चितवनमा बुझाउने र सामाजिक संजालमार्फत सार्वजनिक गर्ने बताएको छ । यो अभियानमा सहयोग गर्न चाहने इच्छुक मनकारी दाताहरुले अभियान अध्यक्ष प्रदिपकुमार संग्रौला र सचिव सोभित तिवारीको नाममा एक्सल डेभलपमेन्ट बैंकको एकाउन्टमा रकम जम्मा गर्न सकिने समिति अध्यक्ष संग्रौलाले बताएका छन् ।
एक्सेल डेभलपमेन्ट बैंक.02101000120412000001
थप जानकारीको लागि यो नम्बरमा सम्पर्क गर्न सकिनेछ । 9823033495

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...