News Portal

नेपाल भ्रमण बर्ष सन् २०२० स्थगित

हिमाली संचार संवाददाता
३०७ पटक

 

काठमाण्डौ। नेपाल सरकारले आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाल भ्रमण बर्ष सन् २०२० स्थगित गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण बर्ष सन् २०२० स्थगित गरी सन् २०२२ नेपाल भ्रमण बर्ष धोषणा गर्ने प्रस्ताव राखेका थिए।

मन्त्रिपरिषदको बैठकले “अन-आराइभल” भिसा स्थगित गर्दै कोरोना भाइरसको संक्रमण देखिएका देशहरुबाट नेपाल आउने पर्यटकले सम्बंधित देशमा रहेको नेपाली दूतावासबाट भिसा लिनु पर्ने हुन्छ। पर्यटकले भिसाको लागि निवेदन दिदा स्वास्थ्य सर्टिफिकेट समेत समावेश गर्नु पर्ने निर्णय गरेको छ। 

गत विहिबार जेनेभामा नियमित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडस एडहानोम गेहब्रेयसले प्रत्येक मुलुकले उच्च सतर्कता अपनाउन चेतावनी स्वरुप कोभिड-१९ भित्रन सक्दैन भनेर गम्भीर भुल नगर्न चेतावनी दिएपछि नेपाल सरकारले यस्तो निर्णय गरेको हो। 

चीनमा तुलनात्मक रुपमा यसको संक्रमण धट्दै गए पनि युरोप र मध्य पूर्वमा यसको असर देखिन थालेपछि चिन्ता व्यक्त गर्दै गत विहिवार ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, पाकिस्तान, नर्वे र रोमानियामा यसको संक्रमण पहिलो पटक साथै  इरान, इटाली र दक्षिण कोरियामा देखिएको असरले थप खतरा रहेको जनाउदै आफ्ना सदस्य राष्टहरुलाई यस्तो चेतावनी दिएको थियो। 

“सगरमाथा संबाद” पनि स्थगित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण बर्ष सन् २०२० पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा कोरोनाको विश्वव्यापी प्रभाव तथा  मन्त्रालय अन्तर्गतका निकायहरुबाट अपनाउनु पर्ने सतर्कता, पूर्वतयारी गर्नु पर्ने बैठकले निर्णय गरेको हो। 

नेपालको पर्यटन प्रवन्धनको लागि वैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशील समुहले देशगत सुचनाहरु अध्यवधिक राखी आवश्यक आन्तरिक तयारी गर्ने निर्णय पनि गरेको थियो। नेपालको आन्तरिक पर्यटन प्रबन्धनका नीति र कार्यक्रमका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण बर्ष सन् २०२० को सचिवालयले एक हप्ता भित्र संक्षिप्त प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...