आज : २०२६-०६-२९, सोमबार

तत्कालीन प्रेस चौतारीका पुर्वसचिब मिडिया नेपालमा प्रवेश

बाँके १९, २०७६ फागुन : नेपाल पत्रकार महासंघ बाँके शाखाका सहसचिव काशिराम शर्माले राप्रपा निकट मिडिया नेपालमा बिधिवत रुपमा प्रबेश गरेका छन्।

उनले मिडिया नेपाललाई सक्रिय पत्रकारहरूको संगठनका रूपमा विकास गर्दै बाँके नमूना संगठन निर्माण गर्ने उद्घोष समेत गरेका छन्।

राप्रपाका राष्ट्रिय अध्यक्ष कमल थापा, पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, मिडिया नेपालका अध्यक्ष गोपाल पौड्याल लगायत नेताहरुले संयुक्त रुपमा सदस्यता प्रदान गर्दै शर्मालाई स्वागत गरेको मिडिया नेपालका प्रस्तावित लुम्बिनी प्रदेश संयोजक श्रीधर सुवेदी बताउँछन्।

करिब एक दशकदेखि पत्रकारितामा सक्रिय शर्मा तत्काली प्रेस चौतारीमा आबद्ध थिए। प्रेस चौतारीमा बस्दा पत्रकारिता भन्दा पार्टीकारी हाबी देखिएकोले निष्पक्ष पत्रकारिताका लागि मिडिया नेपाल रोजेको शर्मा बताउँछन्। उनले प्रेस चौतारीबाट राजीनामा दिएको जानकारी दिएका छन्।

मिडिया नेपाललाई नमूना बनाउने र व्यवसायीक पत्रकारहरुलाई जोडने अभियानमा लाग्ने उनी बताउँछन्। उनलाई बाँके जिल्ला संयोजकको भूमिकामा रहेर संगठन विस्तार गर्ने जिम्मेवारी प्रदान गरिएको मिडिया नेपालका प्रदेश संयोजक सुवेदी बताउँछन्।

मिमिडया नेपालका बाँके जिल्ला संयोजक समेतको जिम्मेवारी पाएका शर्माले नेकपा निकट प्रेस संगठन व्यक्तिभन्दा माथी उठ्न नसकेको संगठन भएको बताएका छन्।

kashi sharma

उक्त संगठनको बाँके शाखामा रहेको सबै पत्रकार पत्रकारिताको मर्मत आचारसंहिता भन्दा पनि व्यक्तिको चाकडी चाप्लुसी र पाटीकारिताको आचारसंहितामा अघि बढी संगठनलाई नै बदनाम गर्दै गएको कारण आफूले उक्त संगठनमा बस्न उपयुक्त नठानेर मिडिया नेपालमा प्रवेश गरेको उनले बताए।

प्रेस संगठनमा एकाधबाहेक अधिकाशं पत्रकारहरू गैरव्यवसायी भएको उनले खुलासा गरेका छन्। पाटीको केन्द्रीय सदस्यदेखि जिल्ला कमिटी, विभिन्न संगसंगठनमा आबद्ध व्यक्तिदेखि विभिन्न पेशामा सक्रिय भएका तर, पत्रकारिताको ‘प’ पनि थाहा नपाएका व्यक्तिको प्रेस संगठनमा हालिमुहाली रहेको उनको आरोप छ।

आफू व्यवसायी पत्रकार भएको दाबी गर्दै उनले भने ‘प्रेस संगठन’ बाँकेमा ८० प्रतिशत गैरव्यक्ति सदस्य रहेको खुलासा समेत गरेका छन्। पत्रकारिता गर्ने व्यक्तिले राजनीतिक दल र नेताको चाकडी गरी प्रवक्ताको भूमिका निर्वाह गर्न नहुँने भन्दै शर्माले प्रेस संगठनमा चाकडीवाद, चाप्लुसीवाद पत्रकारिता हाबी भएको उनी बताउँछन।